राष्ट्रिय सभा सदस्यमा आफूलाई विजयी बनाउन गुल्मीका सुनारको आग्रह

सन्तोष महतारा
गुल्मी, २५ पुष । नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनारले पत्रकार भेटघाट मार्फत राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह गरेका छन् । नेकपा एमाले लुम्बिनी प्रदेशकाे तर्फबाट राष्ट्रिय सभा सदस्यमा आफ्नो उमेदवारी दर्ता भएको भन्दै सुनारले आउँदो माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा मतदान गरी बिजयी बनाउन पत्रकार मार्फत सबै मतदाताला आग्रह गरेका हुन् ।

राष्ट्रिय सभामा प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले मतदान गर्न पाउँछन् । उनी लुम्बिनी प्रदेशबाट दलितको तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि उमेदवार बनेका हुन् ।

गुल्मीबाट दलित आन्दोलनमा निरन्तर खटेकाे, सामाजिक आन्दोलनमा निरन्तर खटेकाे, छुवाछूतकाे बिषयमा सधैं अग्रमाेर्चामा रहेर बिराेध गर्ने र सिङ्गो दलित समुदायलाई माथि उकास्न सुनारको मुख्य भूमिका रहेका कारण नेकपा एमाले गुल्मीले सबै प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति र स्थानीय पालिकाका प्रमुख-उपप्रमुखलाई मतदान गर्न आग्रह गरेको छ ।

उनलाई लुम्बिनी प्रदेश भरका प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुख-उपप्रमुखले मतदान गर्ने छन् । प्रदेश सभा सदस्यकाे मतभार प्रतिव्यक्ति ४८ र जिल्ला समन्वय समिति र स्थानीय पालिकाका प्रमुख-उपप्रमुखकाे मतभार प्रतिव्यक्ति १८ रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ