Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
इस्माका शिक्षकलाई आँखा स्वास्थ्य शिक्षा सचेतना - Gulminews

इस्माका शिक्षकलाई आँखा स्वास्थ्य शिक्षा सचेतना

गुल्मी, २३ पुस
इस्मा गाउँपालिकाका शिक्षकहरुलाई आँखा स्वास्थ्य शिक्षा सचेतना कक्षा संचालन गरिएको छ । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र गुल्मीको आयोजना तथा इस्मा गाउँपालिकाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

इस्मा गाउँपालिकाका प्राथमिक बिद्यालय र वालविकास केन्द्रका शिक्षकहरुलाई आँखाको सुरक्षा, कम्जोरी र उपचार बिधिका बारेमा जानकारी गराइएको थियो । पुस मसान्तसम्म शिक्षकहरुले बालबालिकाको आँखाको सामान्य दृष्टि पत्ता लगाएर उपचार प्रक्रिया अगाडी बढाउने उदेश्य गाउँपालिकाको रहेको छ । कार्यक्रममा मुख्य सहजकर्ता नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रका प्रमुख सुर्य बस्नेत र सन्तोष सुवेदीले शिक्षकलाई आँखा सम्बन्धि प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले मानिसको आँखा महत्वपूर्ण र संवेदनशिल अंग भएकाले सामान्य समस्या बेलैमा पहिचान नहुँदा भविष्यमा हुने जोखिमको न्यूनिकरण गर्न सचेतना र उपचारको कार्यक्रम अगाडी बढाइएको बताए । कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महत, शिक्षा शाखा प्रमुख लाल बहादुर कुवंर लगायतको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D