छापहिलेमा महतारा कुलपूजा संपन्न

सन्तोष महतारा
गुल्मी, १० पाैष । गुल्मीको मालिका गाउँपालिकामा कृष्णादी गाेत्रिय महतारा बन्धुहरुकाे कुलपूजा गरिएको छ । हरेक तीन वर्षको अन्तरमा गरिने कुलपूजा यसवर्ष पनि साँस्कृतिक कार्यक्रमसहित धुपबत्ती, दुधधार र रक्तधार सहित मेडाहरुकाे बली दिएर कुलपूजा गरिएको महतारा कुलायन मन्दिर समितिले जनाएको छ ।

परापुर्वकालमा प्यूठान जिल्लाकाे तुसारा भन्ने ठाउँमा पूजाआजा गर्ने क्रममा भौगोलिक हिसाबले टाढा, यातायात र संचारका हिसाबले विकट लगायतका समस्याहरुले गुल्मीको मालिका गाउँपालिका छाप पात्लेखेतमा स्वर्गीय बखत बहादुर महताराकाे नेतृत्वमा पूजाआजा गर्न थालिएको सबैभन्दा ज्येष्ठ ८६ वर्षीय टीका बहादुर महताराले जानकारी दिए । मन्दिरको कल्पना गरेर पात्लेखेतमा गरिने पूजाआजामा मालिका गाउँपालिकाकाे छाप पात्लेखेत, पाँजले, हिले, बजनी, घमिरका महतारा बन्धुहरु सहभागी हुने महतारा कुलायन मन्दिर संचालन समिति अध्यक्ष चन्द्र बहादुर महताराले जानकारी दिए ।

त्यस्तै साेही स्थानमा इस्मा गाउँपालिकाकाे दाेबाटा, हर्पुकाेट र काउछेका महतारा बन्धुहरु कुलपूजाकाे लागि सहभागी हुने गरेको पनि अध्यक्ष चन्द्रले जानकारी दिए । त्यस्तै रुपन्देही जिल्लाकाे बुटवल र बेलवासबाट पनि महतारा बन्धुहरु कुलपूजाकाे लागि सहभागी हुने गर्छन् । साथै कपिलवस्तुकाे भाेर्लाबास र काठमाडौंकाे बानेश्वरबाट पनि साेही स्थानको कुलपूजामा सहभागी हुने गरेको महतारा कुलायन मन्दिर समितिले जनाएको छ । गत पाैष ४ गते शुक्लपक्ष पुर्णिामा तिथिमा गरिएकाे महतारा कुलपूजामा पञ्जेबाजासहितका विभिन्न साँस्कृतिक कार्यक्रम गरेर १ सय १६ मेडाहरुकाे बली दिएको महतारा कुलायन मन्दिर संचालन समिति उपाध्यक्ष जीत बहादुर महताराले जानकारी दिए । महतारा कुलायन पूजाकाे लागि सिमलकाे बाेट देवताकाे रुपमा मानिने भएकोले प्यूठानबाट टुक्रिएर छापहिलेमा कुलपूजा गर्दा सिमलकाे बाेट भेटिएको कारणले पात्लेखेतमा कुलपूजा गर्न थालिएको महतारा बन्धुमा सबैभन्दा ज्येष्ठ टीका बहादुरले बताएका छन् ।

महतारा बन्धुहरुकाे नयाँ अभियान

छापहिलेकाे पात्लेखेतमा गरिने कुलपूजामा सहभागी हुने सबै महतारा बन्धुहरुले यो वर्षबाट नयाँ अभियान संचालन गरेका छन् । महतारा बन्धुहरुमा ८० वर्ष पुगेका ज्येष्ठ बुबाआमालाई सम्मान गर्ने नयाँ अभियान संचालन गरिएको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका वडा सदस्य तथा महतारा कुलायन मन्दिर संचालन समितिका सचिव युवराज महताराले जानकारी दिए । यस वर्ष ८६ वर्षीय टीका बहादुर महतारा, ८४ वर्षीय लाेक बहादुर महतारा, ८४ वर्षीय पुनकला महतारा, ८२ वर्षीय बिष्णु कुमारी महतारा र ८१ वर्षीय ज्ञान बहादुर महतारालाई सम्मान गरिएको सचिव युवराजले बताए । ८० वर्ष पुगेका ज्येष्ठ बुबाआमाहरुले महतारा कुलायनका लागि गरेको याेगदान, बाहिरी रुपमा गरेको समाजसेवा र उनीहरुकाे मुल्यांकनसहित खादा, माला र अबिरसहित सम्मान गरिएको थियो । सम्मानित उनीहरु खुसीले प्रफुल्लित हुदै युवाहरुकाे जाेँस र जाँगरकाे उच्च प्रशंसा गरेका थिए । तीन वर्षको अन्तरमा गरिने कुलपूजामा आगामी दिनमा पनि प्रत्येक पटक ८० वर्ष पुगेका ज्येष्ठ बुबाआमालाई सम्मान गरिने छ ।

वि.सं. २०६९ पाैष १० गते मन्दिर स्थापना गरेर सभ्य तरिकाले गर्न थालिएको कुलपूजामा महतारा कुलायनलाई विश्वास गरेर आर्थिक रुपमा सहयोग पनि हुदै आएको छ । महतारा कुलायन मन्दिरकाे यस वर्ष कुलपूजा गरेपछि हिसाब किताब सार्वजनिक समेत गरिएको छ । अहिलेसम्म कुल ४ लाख ६९ हजार ६ सय ७८ रुपैयाँ आम्दानी भएको महतारा कुलायन मन्दिर समिति संचालन समितिका काेषाध्यक्ष लाेक बहादुर महताराले जानकारी दिए । उक्त रकम मध्येबाट कुल १ लाख ८७ हजार १ सय ८० रुपैयाँ खर्च भएको काेषाध्यक्ष लाेक बहादुरले बताए । साथै महतारा कुलायन मन्दिर समितिमा २ लाख ८२ हजार ४ सय ९८ रुपैयाँ बचत रहेको समितिले जनाएको छ । उक्त बचत रकम महतारा कुलायन मन्दिर समितिले अर्को वर्ष साँवा र ब्याज असुल्ने गरि लगानी गरेकाे छ ।

आर्थिक सहयोग

महतारा कुलायनलाई विश्वास गरेर देशविदेशमा रहेका महतारा बन्धुहरुले आर्थिक सहयोग गर्दै आइरहेका छन् । कम्तीमा ५ हजार सहयोग गर्नेहरुकाे मन्दिरमा भित्तेलेखन समेत गरिएको छ । ५ हजारभन्दा कम सहयोग गर्नेकाे नामवली भने रजिष्टरमा सुरक्षित राखिने छ । महतारा कुलायन मन्दिरको निर्माणको लागि जग्गा स्वर्गीय गाेविन्द र प्रेम बहादुर महताराले उपलब्ध गराएका थिए ।

त्यस्तै ५ हजारभन्दा माथि सहयोग गर्नेहरुमा छत्रबहादुर महताराले १० हजार १ सय ५५ रुपैयाँ, लाेक बहादुर महताराले १० हजार १५ रुपैयाँ, अजय महताराले १० हजार ५ रुपैयाँ, बिष्णु बहादुर महताराले १० हजार रुपैयाँ, टाेप बहादुर महताराले ५ हजार ५ सय ५५ रुपैयाँ, अहेब देब बहादुर महताराले ५ हजार ५ सय ५५ रुपैयाँ, हरी महताराले ५ हजार १ सय ५५ रुपैयाँ, गाेपाल महताराले ५ हजार १ सय ५१ रुपैयाँ, नर बहादुर महताराले ५ हजार ५५ रुपैयाँ, बल बहादुर महताराले ५ हजार ५५ रुपैयाँ, बुद्ध बहादुर महताराले ५ हजार ५ रुपैयाँ र हुम बहादुर महताराले ५ हजार ५ रुपैयाँ सहयोग गरेका छन् । विगतमा पनि महतारा कुलायनका लागि थुप्रैले आर्थिक सहयोग गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ