gulminews logo
मंगलवार, २०८१ बैशाख १८

अर्जेमा आगलागीले दृष्टिबिहिन परिवारको बिचल्ली, जलेकै घरमा ओत

टोपलाल अर्याल
गुल्मी, २७ मंसिर । गुल्मीको मालिका ६ अर्जेका खिम प्रसाद र मोतिलाल भुसाल दृष्टिबिहिन दाजुभाई हुन् । जन्मजात आँखा देख्दैनन् । तर, काम नगरे चुलो बल्दैन् । सक्ने र भ्याएसम्मका काम गरेर घर परिवार चलाएका थिए । मंसिर ४ गते साँझ घरगोठमा एक्कासी आगलागी भयो । बिपन्न दृष्टिबिहिन परिवारको गोठका पशु चौपाय बाहेक केहि जोगिएन ।

‘जहाँ होचो त्यहिँ घोचो’ । घर गोठसंगै फेर्ने कपडा पनि रहेनन, ’पीडत खिम बहादुर भुसालले भने, ‘दैव लागेसी जलेको घरमा ढलेको मन बुझाएर बसेका छौ ।’ अहिले दृष्टिबिहिन दाजुभाईको परिवार जलेर खण्डहर बनेको घरको ओत लागेका छन् । ‘गाउँलेले नबस्न भन्थे । तर, बारी कुनामा त्रिपालमुनी जाडो थेग्न सकस प¥यो,’उनले भने,‘जोखिम मोलेरै भएपनि जलेको घरकै तलामुनी बसिरहेका छौ ।’ आफ्नो आर्थिक अवस्था नभएपछि सहयोग पाए घरकै पुर्ननिर्माण गर्ने सोच रहेको बताए । गाउँपालिकाले तत्काल केहि खाद्यान्य, कम्बल र त्रिपाल उपलब्ध गराएको वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

जस्तापाता सहित अरु सहयोगको पनि पहल भइरहेको गिरीले बताए । दृष्टिबिहिन परिवार आगलागीको कारण बिचल्लीमा परेपछि तम्घास तथा बुटवलमा सहयोग अभियान संचालन भएको छ । पीडित परिवारका छिमेकी तथा अभियान्ता शेषकान्त गौतमले परिवार दृष्टिबिहिनसंगै आर्थिक रुपमा बिपन्न भएकाले मानवीय रुपमा सहयोगका लागि सवैलाई आग्रह गरे ।

सोमबार गुल्मी अस्पताल, जिल्ला प्रशासन लगायत तम्घासका विभिन्न व्यक्ति र संस्थाहरुबाट करिव ३० हजार सहयोग संकलन गरिएको गौतमले बताए । ‘गरिव तथा बिपन्न परिवारको दुखमा देखाउने मानवीयतानै सवैभन्दा ठुलो धर्म हो,’उनले भने,‘दृष्टिबिहिन भुसाल परिवारको अवस्था निकै दर्दनाक रहेको छ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D