Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
अनेरास्ववियू (क्रान्तिकारी)द्धारा क्याम्पस प्रमुखलाई ज्ञापन पत्र - Gulminews

अनेरास्ववियू (क्रान्तिकारी)द्धारा क्याम्पस प्रमुखलाई ज्ञापन पत्र

बुटबल, २३ मंसिर । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियू (क्रान्तिकारी) बुटबल बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

संगठन विस्तारको क्रममा विद्यार्थीहरुबाट क्याम्पसको सन्दर्भमा विभिन्न गुनासाहरु आएपछि संगठनले बिहीबार ध्यानाकर्षण पत्र बुझाएका हो । संगठनले क्याम्पस प्रमुखसमक्ष विभिन्न ३१ बुँदे माग राख्दै पत्र बुझाएको अखिल क्रान्तिकारी क्याम्पस कमिटी उपाध्यक्ष गोपाल भण्डारीले जानकारी दिए । प्रत्येक कक्षामा समय तालिकाअनुसार पढाई सुचार गर्नुपर्ने, आन्तरिक परीक्षालाई निरन्तरता दिनुपर्ने, क्याम्पस परिसरमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, छात्रा शौचालयलाई व्यवस्थित बनाउनुपर्ने माग संगठनले राखेको छ ।

त्यस्तै कक्षाकोठाहरुमा फर्निचरको आवश्यक व्यवस्थापन गर्ने, छात्राहरुको लागि निःशुल्क सेनेटरी प्याड हुनुपर्ने लगायतका माग राखेको संगठनका उपाध्यक्ष भण्डारीले बताए । यदि आफुहरुको मागलाई क्याम्पसले वेवास्ता गरेमा विद्यार्थीहरुको पक्षमा आफुहरु कडा आन्दोलनमा उत्रने र त्यसबाट सिर्जित परिणम भने क्याम्पसले नै बेहोर्नुपर्ने अखिल क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष विष्णुप्रसाद ज्ञवालीले चेतावनी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D