अनिल खत्री
२१ मंसिर, गुल्मी । गुल्मी जिल्लाको महेन्द्र माध्यमिक बिद्यालयमा स्काउटिङ शिक्षा पुयाउने लक्ष्यका साथ स्काउट पोसक वितरण गरिएको छ । नेपाल स्काउट लुम्विनी प्रदेशको आयोजनामा जिल्ला सदरमुकाम तम्घासमा रहेको महेन्द्र माध्यमिक बिद्यालयमा पढ्ने बिद्यार्थीलाई स्काउट पोसाक वितरण गरिएको हो ।
बिद्यालयमा अध्ययनरत ३२ जना बिद्यार्थीलाइ एक कार्यक्रमको आयोजना गरि जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले स्काउट पोसाक बितरण गरेका थिए । पोसाक वितरण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले स्काउट शिक्षाले बालबालिक र युवालाई कर्तव्य प्रणाय बनाउने बताए ।
उनले स्काउट शिक्षालाई अभियानकै रुपमै लैजानु पर्नेमा जोड दिए । नेपाल स्काउट लुम्बिनी प्रदेशका संयोजक दिनानर्थ भट्टराईले कलिला बालबालिकाहरुलाई समाजमा स्थापित अनुशासित व्यक्ति निर्माणमा अबसर दिनुपर्छ भनेर नेपाल स्काउटले कार्यक्रम अगाडी सारेको बताए ।
नेपाल स्काउट लुम्बिनी प्रदेशको तदर्थ कमिटी निर्माण भएपछि स्थानीय तहसँग समन्वय गरेर बालबालिकालाई स्काउटिङ्ग शिक्षा प्रति कसरी आकर्षण गर्न सकिन्छ भनेर योजना बनाएर अगाडी बढेको बताए । पोसाक वितरण कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारी बिद्यालय व्यवस्थापन समिति सदस्य घनश्यम पाण्डे, बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनी लगायतले सकाउट शिक्षाले बालबालिकालाई सानै उमेरदेखी सामाजिक सेवाभाव प्रति आकर्षित गराउन भुमिका खेल्ने बताए ।
जिल्लामा १२ वटै सथानीय तहमा स्काउटको संठन बिस्तार भएको छ । नेपाल स्काउट लुम्बिनी प्रमुख तारा पुरि, प्रदेश सदस्य भरत अर्याल, कपुर घिमिरे बिदालयका स्काउ शिक्षक, लगायतको उपस्थित रहेको थियो । पोसाक वितरण कार्यक्रमको सहजी करण नेपाल स्काउट रेसुङ्गा नगरकमिटी संयोजक शुरेस भण्डारीले गरेका थिए ।