Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
२४ सै घण्टा निर्माणको काम गरिदै गुल्मी अस्पतालको अत्याधुनिक भवनको - Gulminews

२४ सै घण्टा निर्माणको काम गरिदै गुल्मी अस्पतालको अत्याधुनिक भवनको

अनिल खत्री
९ मंसिर, गुल्मी । गुल्मी जिल्ला अस्पतालको अत्याधुनिक भवन निर्माणको काम तिब्र गतिमा अगाडी बढेको छ । गुल्मी अस्पताल स्थापना भएको लामो समयदेखि जीर्ण र साँघुरो भवनबाट सेवा प्रवाह गर्न बाध्य रहेको थियो ।

भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन निर्माणले तिब्रता पाएपछि खुसी छाएको छ । गुल्मी अस्पतालमा रहेका भवनहरु साना र सेवाग्रही मैत्री नहुँदा समस्या हुँदै आएको थियो ।

अब गुल्मी अस्पतालको सुबिधासम्पन्न अत्याधुनिक भवन निर्माण कामको तिब्र गतिमा अगाडी बढेको छ । २०७८ साल असार १८ गते सम्झौता भइ काम सुरु भएको भवनको २०८० साल असार १७ गतेसम्म सम्पन्न गर्ने गरि काम अगाडी बढेको छ ।

जिल्ला अस्पतालको भौतिक संरचना निमार्णका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना कार्यान्वयन इकाइ भवनबाट रकम विनियोजन गरेको छ । अस्पताल निर्माणको लागि स्वच्छन्द–बालियाँ जे.भी मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँमा निर्माणको काम अगाडी बढेको हो ।

गत साउन १५ गतेबाट निर्माणको काम सुरु भएको भवनको मंसिरको पहिलो सातासम्म १२ प्रतिशत काम भएको निर्माण कम्पनीका साहयक इन्जीनियर निरञ्जन ठाकुर बताए । यहि गतिमा काम गर्दै गए अबको डेढवर्ष भित्र काम सम्पन्न हुने उनले बताए ।

भवन निर्माणको लागि दिन रात गरेर २४ सै घण्टा काम भइरहेको छ । अहिले फाउण्डेशन निर्माणको काम भइरहेको छ ।

गुल्मी अस्पताल तम्घास ०७१ सालमा ५० शैय्यामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको थिएन । पाँच तले नयाँ भवनमा दुई वटा अप्रेशन कक्ष हुनेछन् भने आईसीयु, सर्जिकल, जेष्ठ नागरिक कक्ष, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गुल्मी अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए । संरचन निर्माण भएपछि सम्बन्धी बिशेषज्ञ पनि परिपूर्ति हुनसके जिल्ला वासीको निम्ति ठूलो खुसीको कुरा रहेको डाक्टर पच्चाको भनाई छ ।

अहिले आबश्यक संरचना नहुदा चाहेर पनि बिरामी भर्ना गर्न कठिनाइ हुने गरेको उनले बताए । अहिले पनि गुल्मी अस्पतालबाट ठाउँकै कारण सेवामा कुनै कमी नभएको डाक्टर पच्चाको भनाई छ ।

नयाँ भवन बनेपछि प्रसुती, नाक, कान, घाँटी र हाडजोर्नीलगायतका रोगको विशेषज्ञसहितको सेवा विस्तार हुनेछन् । नयाँ भवन निर्माणसँगै गुल्मीमै थप सेवा बिस्तार हुनेभएकाले गुल्मी वासीको लागि खुसीको कुरा रहेको स्थानीय घनश्याम पाण्डेले बताए ।

भवन निर्माणसँगै जिल्लाले स्वास्थ्यको क्षेत्रमा धेरै फडको माने उनले बताए । भवन छिटो निर्माण भए गुल्मीबाट उपचारको लागि अनेत्र जानुपर्ने बाध्यता धेरै कम हुने पाण्डेले बताए ।

अहिले गुल्मीमा स्तरीय स्वास्थ्य सेवाको अभावमा स्थानीयहरु पाल्पा र बुटवल, काठमाडौं धाउनुपर्ने बाध्यता छ । अस्पतालको नयाँ संरचना निर्माणसँगै उपचारकै लागि पाल्पा, वुटवल र काठमाडौं जानुपर्ने अत्य हुनेछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D