इस्मामा पोषण विशेष प्रशिक्षक प्रशिक्षण तालिम सकियो

गुल्मी, ६ मंसिर । इस्मा गाउँपालिका गुल्मीको आयोजना र सुआहारा दोश्रो कार्यक्रमको प्राविधिक सहयोगमा इस्माका स्वास्थ्यकर्मीलाई पोषण प्रशिक्षक तालिम प्रदान गरिएको छ । एकहप्ते बृहत पोषण विशेष तालिमको गाउँपालिका प्रमुख लक्ष्मण बहादुर बिष्टले गरेका थिए ।

तालिमलाई सम्बोधन गर्दै बिष्टले तालिम लिनेदिने कुरा ठुलो कुरा नभएकाले आफुले सिकेका कुरा व्यावहारमा देखाउन सके मात्रै तालिम उदेश्य पूरा हुने बताए । उनले स्वास्थ्यकर्मी समुदायको बिश्वासपात्र पनि भएकाले नागरिकलाई स्वास्थ्य सचेतता प्रदान गर्न आफ्नो पनि रचनात्मक भुमिका हुनुपर्नेमा जोड दिए। त्यस्तै उपप्रमुख बिमला खत्रीले नागरिक स्तरमा आशा जगाउने खालका काम स्थानीय तहपछी भएकाले उपलब्धि सस्थागत गर्न स्वास्थ्यकर्मी कस्सिएर लाग्नुपर्ने बताइन ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले तालीम लिएर प्रमाणपत्र प्राप्त गर्नु मात्र उपलब्धि नभएकाले आफ्नो भूगोलमा कार्यान्वयनका लागि जोड दिए । तालिममा राष्ट्रिय पोषण नीति तथा रणनीति, राष्ट्रिय पोषण कार्यक्रम, बहु क्षेत्रीय पोषण योजना, पोषण र यसको महत्व र आवश्यकता, खाद्य विविधिकरण र स्थानीय खानेकुराको महत्व,किशोरावस्थाको पोषण, वृद्धि अनुगमन र यसको महत्व, बाल संरक्षण अनुदान र शिशु तथा बाल्यकालिन पोषण बीचको सम्बन्ध, शीघ्र कुपोषणको एकिकृत, व्यवस्थापन कार्यक्रमको बारेमा जानकारी प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पदम अधिकारीले जानकारी दिए ।

त्यस्तै खाना रुचि जाँच र बहिरंग वा विशेष उपचार कक्षमा उपचारको लागि निर्णय प्रणालीबद्ध औषधिवाट उपचार, गर्भवती तथा सुत्केरी महिलामा हुने शीघ्र कुपोषण व्यवस्थापन, समुदाय परिचालन, सामूदायक सचेतिकरण, केस परिचालन र प्रेषण संयन्त्र, सामुदायिक स्वास्थ्य सेवाहरुमा मातृ, शिशु तथा बाल्यकालीन पोषणको समायोजन र आपतकालीन अवस्थामा पोषण, सामाजिक व्यवहार परिवर्तन सञ्चार, प्रभावकारी अन्तरव्यक्ति संचारका लागि परामर्शका चरणहरुका बिषयमा प्रशिक्षण दिएको अधिकारीले बताए।

जिल्लामा लामो समयदेखि सुआहाराले स्वास्थ्य र पोषणको क्षेत्रमा काम गर्दै आएको छ । जिल्ला स्थित सरोकारवाला, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वयंसेबिकाहरुलाई सुआहाराले स्वास्थ्यका विभिन्न क्षेत्रमा प्रशिक्षण प्रदान गर्दै आएको छ । अहिले संचालन हुने तालिमले स्वास्थ्यकर्मी मार्फत समुदायमा पोषणको महत्त्व बुझाउने तथा स्थानीय तहमा नीति र कार्यक्रम निर्माण गरेर पोषणको स्थितिमा सुधार ल्याउन सहयोग पुग्ने प्रशिक्षक तथा इस्मा कोभिड अस्पताल प्रमुख डाक्टर निश्चल शर्माले जानकारी दिए।

साथै पोषण मैत्री वडा र पालिका घोषणा गर्न समेत तालिमले टेवा पुराउने शर्माको भनाइ छ । तालिम डाक्टर शर्मा, सुआहाराका पोषण बिज्ञ लिल बहादुर नेपाली, इस्मा गाउँपालिकाका हेल्थ असिस्टेन्ट हिमाल केसी र अहेब होमा कुमाल लगायतले प्रशिक्षण दिएको एकीकृत ग्रामीण बिकास समाज गुल्मीका सुआहारा सहजकर्ता उदय अर्यालले जानकारी दिए । गाउँपालिकाले प्रशिक्षक र सुआहारा सहजकर्तालाई सम्मान गरेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ