प्युठानको एकादशी मेलामा गुल्मीको अग्लुङ्गे भैलो प्रथम

विवश विष्ट
प्युठान, ३० कार्तिक । जिल्लाको गौमुखी गाउँपालिका ५ ठुलावेशीमा दोस्रो एकादशी मेला २०७८ सम्पन्न भएको छ । दोस्रो एकादशी मेला २०७८ को अवसरमा आयोजना गरिएको खुल्ला भैलो प्रतियोगिता सम्पन्न भएको छ ।

समृद्ध गाउँटोल विकास गर्दै अगाडि बढाउने युवाको चाहाना, लोपोन्मुख मारुनी नाँच संस्कृति जोगाउने हाम्रो कामना भन्ने मुल उदेश्य संगै एकिकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौमुखी ५ ठुलावेशीले आयोजना गरेको भैलो प्रतियोगिता सम्पन्न भएको हो । सोमबार सम्पन्न भैलो प्रतियोगिता कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष केशव बहादुर केसीको सभाध्यक्षता रहेको थियो भने गौमखी गाउँपालिकाका अध्यक्ष विष्णकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै गौमुखी गाउँपालिका उपाध्यक्ष तुल्सी सुनार, विभिन्न वडा वडा अध्यक्षहरु, स्थानिय बुद्धिजीवी तथा समाजसेवी लगायतको उपस्थित रहेको थियो ।

खुल्ला भैलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न विभिन्न स्थानका १२ टिमको सहभागी रहेको थियो । जसअन्तर्गत नारिकोट सानो, थम्मन सि, खुङ्, अग्लुङ्ग , ओखरकोट, ठुलाबेशी, खोलावाङ, अर्खा, नारीकोट, जाडागाउ, स्थानिय बोर्डिङ र लिवाङ गरि १२ टिमले सहभागी जनाएका थिए ।

सहभागी टिमको प्रस्तुतिलाई मुल्यांकन गर्न अर्जुन बहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय निर्णायक मण्डल रहेको थियो । जसमा मदाने गाउँपालिका वडा १ प्रेम चन्द बोहोराको नेतृत्वमा गएको अग्लुङ्गको भैलो प्रथम बन्न सफल भएको छ । त्यस्तै गौमुखी गाउँपालिका नारिकोट प्युठान दोस्रो बनेको छ । ठुलावेशी र थम्मन सिको दुई भैलो टिम तेस्रो बनेका छन् ।

विजेता टिममध्ये प्रथमलाई ठुलावेशी सामुदायिक मन्चले प्रायोजन गरेको रु २५,०००/- सहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी दोस्रोलाई धर्म केसीले प्रायोजन गरेको रु १५,०००/- र तेस्रो लाई लालुराम जैसीले प्रयोजन गरेको रु १०,०००/- सहित प्रमाणपत्र प्रदान गरिएको छ । सहभागी जनाएको टिमलाई यातायात खर्च र विभिन्न उत्कृष्ट शिर्षकमा नगद रु ४,०००/- देखि ७,०००/- सम्म नगद प्रदान गरिएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ