Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
एमालेको पालिका अधिवेशन ः एकमा निर्वाचन, नौ मा सर्वसम्मत - Gulminews

एमालेको पालिका अधिवेशन ः एकमा निर्वाचन, नौ मा सर्वसम्मत

हुमाकान्त पोखरेल
गुल्मी, ११ कात्तिक । नेकपा एमालेको पालिका अधिवेशन अन्तरगत १० वटा पालिकामा नेतृत्व चयन सकिएको छ । कात्तिक नौ गतेबाट सुरु भएको सबै पालिकाको अधिवेशन ११ गतेसम्म आइपुग्दा १० वटा पालिकामा नेतृत्व टुंगाएको छ । जसमध्ये एउटा पालिकामा निर्वाचन गरिएको छ भने बाँकी नौ वटामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । एमालेले इस्मा गाउँपालिकामा मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको छ । इस्मामा कुल १५५ मत खसेको थियो । जसमध्ये ९३ मत सहित राजेन्द्र विक्रम कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नारायण पैँयानीले ४५ मत ल्याए । अध्यक्षका अर्का उम्मेद्धवार बिन बहादुर गौतमले १० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नारायण पराजुली सर्वसम्मत भएका छन् । सचिवमा गनु प्रसाद अधिकारी तथा सह–सचिवमा नविन अर्याल निर्वाचित भएका छन् । त्यस्तै सह–सचिवमा कल्पना अधिकारी सर्वसम्मत निर्वाचित भएको एमाले नेता हिरा एसीले जानकारी दिए ।

छत्रकोटमा पिताम्बर अर्याल, मालिकामा ओम कार्की, कालिगण्डकीमा राम्जी ढकाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै चन्द्रकोटमा धातानन्द शर्मा, गुल्मीदरबारमा कृष्ण खनाल, सत्यवतीमा भिमलाल पाण्डे, रुरुक्षेत्रमा फर्सुराम ज्ञवालीले अध्यक्षको जिम्मेवारी पाएका छन् । मुसिकोट नगरपालिकामा प्रकाश काफ्ले र रेसुङ्गा नगरपालिकामा हरी पोखरेलले पनि सर्वसम्मत अध्यक्षको जिम्मेवारी पाएका छन् । एमालेले धुर्कोट र मदाने गाउँपालिकामा नेतृत्व टुंगाउन सकेको छैन । धुर्कोटमा लोक बहादुर केसी र हिम प्रसाद पन्थी मुख्य दाबेदार देखिएकोले अनिश्चितकालका लागि अधिवेशन नै स्थगित गरिएको छ । मदाने गाउँपालिकामा प्रेम केसी, प्रेम घिमिरे, सरिता खड्का र चक्रबन्धु भुसालबीच सहमती जुट्न नसक्दा अधिवेशन रोकिएको छ । एमाले गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थले चार÷पाँच दिनभित्र रोकिएका पालिकाको नेतृत्व टुंगो लगाउने प्रतिक्रिया दिए ।

युवाको नेतृत्व

नेकपा एमाले इस्मा र मालिका गाउँपालिकामा युवाले नेतृत्व गर्ने अवसर पाएका छन् । इस्मामा अध्यक्ष चुनिएका कुँवर हाल ३१ बर्षका छन् । उनी एमाले गुल्मीका सबैभन्दा कान्छा पालिका अध्यक्ष हुन् । कुँवर ०७१ मा अनेरास्ववियु गुल्मीको संयोजक भएका थिए । इस्मामै सह–सचिवको जिम्मेवारी पाएका अर्याल २६ बर्षका छन् । उनी ०७४३ फागुनमा सम्पन्न स्ववियु निर्वाचनमा रेसुङ्गा बहुमुखी क्याम्पसबाट सचिवमा निर्वाचित भएका थिए । मालिकामा अध्यक्षको जिम्मेवारी पाएका कार्की अहिले ३५ बर्षका भए । अनेरास्ववियुमा ०६९ मा उनी जिल्ला अध्यक्ष भएका थिए । त्यसैगरी अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष हरी प्रसाद पोखरेल रेसुङ्गा नगरकमिटका अध्यक्ष चुनिएका छन् । पूर्व सचिवालय सदस्य प्रकाश काफ्ले मुसिकोट र रामजी ढकाल कालिगण्डकीको अध्यक्षमा निर्वाचित भएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D