नेकपा (एमाले) गुल्मीको गाउँ-नगर अधिबेशनको तयारी पुरा, आगामी २ वर्षका लागि ७५ जनाको कमिटी बन्ने

अनिल खत्री
८ कात्तिक, गुल्मी । नेकपा (एमाले) गुल्मीको प्रथम गाउँ-नगर अधिबेशनको तयारी पुरा भएको जनाएको छ । कात्तिक ९ गते मंगलवार हुन लागेको प्रथम गाउँ-नगर अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले गुल्मीका उपसचिव धर्म बिश्वकर्माले बताए ।

जिल्लामा रहेका २ वटा नगरपालिका र १० वटा गाउँपालिका मध्य ११ वटामा एकैपटक प्रथम गाउँ-नगर अधिबेशन सम्पन्न हुँदैछ । रुरु गाउँपालिकामा भने सोमबारबाट अधिबेशनको सुभारम्भ गरिएको छ । नेतृत्व चयनका लागि भने छलफल जारी रहेको छ ।

अरु स्थानीय तहमा हुने अबिधेशनका लागि चाहिने आबश्यक सम्पूर्ण निर्वाचन सामाग्रीहरु र निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत तोकिएको बिश्वकर्माले बताए । अधिबेशनबाट आगामी २ वर्षका लागि ७५ जनाको कमिटी निर्वाचत हुनेछ ।

कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरि ५ जना पदाधिकारी निर्वाचित हुनेछन् । अबिधेशनका लागि ४४ सय बढि प्रतिनिधी छनोट भएको उपसचिव बिश्वकर्माले बताए ।

अधिबेशनका लागि रेसुङ्गा नगरपालिकामा नेकपा (एमाले) सचिव प्रदीप ज्ञवाली र अन्य स्थानीय तहमा जिल्ला इन्चार्ज र जिल्ला कमिटीका पदाधिकारीहरु प्रमुख अतिथीका रुपमा खटिने भएका छन् ।

नेकपा एमाले गुल्मीले कात्तिक ६ गतेबाट सुरु गरेर जिल्ला भरका ९३ वटाका वडाहरुमा अधिबेशन सम्पन्न गरेको छ । सबै वडामा सर्बसहमतिमा नयाँ नेतृत्व चयन गरेको (एमाले) गुल्मीले जनाएको छ ।

नेकपा एमालेका जिल्ला भर १० हजार १९५ जना संगठित सदस्य रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D