बाढीले गुल्मीमा आठ सय रोपनीभन्दा बढी खेत बगायो

गुल्मी, भदौ १५ । बाढीले गुल्मीमा आठ सयभन्दा बढी रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । कालीगण्डकी, बडिगाढ, हुग्दी, रिडी, छल्दी, पनाहालगायतका खोलामा आएको बाढीले खेतीयोग्य जमिन बगरमा परिणत गरेको हो ।

बडिगाढ खोलामा आएको बाढीले सबैभन्दा धेरै धानसहितको खेतमा क्षति पुर्‍याएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार मुसिकोट नगरपालिकाको राक्से, ढाँब, बौवा, गुल्मी दरबार गाउँपालिका अन्तर्गत बलिथुम, रुरु गाउँपालिका अन्तर्गत बम्घालगायतका स्थानमा आठ सय २० रोपनीमा लगाएको धानसहितको खेत बाढीले बगाएको छ ।

बलिथुममा खेतसँगै सिंगो गाउँ जोड्ने मोटरबाटो समेत खोलाले कटान गरेर लगेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा समेत समस्या परेको छ । धान रोपेको सबै खेत बगाई दिएपछि बलिथुम माझी गाउ“काका बासिन्दालाई नजिकैको मजुवा बजारसम्म आवत जावतमा समस्या परेको छ । उनीहरु यतिबेला बजारसम्म पुग्नका लागि गाउँको घुमाउरो बाटो हिँड्न बाध्य छन् ।

बलिथुममा मात्र झण्डै ३० रोपनी खेत बडिगाढ खोलाले काटेको छ ।
जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत चक्रपाणि पन्थीकाअनुसार जिल्लाभर बाढी र पहिरोले आठ सय २० रोपनीभन्दा बढी धान खेतमा क्षति पु¥याएको छ । पन्थीका अनुसार बडिगाढ, छल्दी र खज्र्याङ खोलाले धेरै क्षति पुर्‍याएको हुँदा कार्यालयबाट क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । वर्षाले कतिपय स्थानमा बिजुलीका पोलहरु पहिरोले पुरिदिएको कारण टेलिफोन सम्पर्क समस्या परेकोले कृषिमा पुगेको क्षतिको विवरण संकलन गर्न ढिलो भएको कार्यालयले जनाएको छ ।

वर्षाले सदरमुकाम जोड्ने रिडी–तम्घास सडक बाहेक अधिकांश सडकमा यातायात सञ्चालन गर्न समस्या परेको गुल्मी यातायात व्यवसायी समितिका अध्यक्ष झकबहादुर मिदुनले बताउनुभयो । यस पटक मुसिकोट नगरपालिकामा पहिरोमा परेर एक घर र एक गोठसहित केही बस्तु मरेका छन् । तर कुनै मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

सदरमुकाम तम्घास नजिकै कुडापानीमा पहिरोका कारण १६ घर जोखिममा परेका छन् । त्यस्तै कालीगण्डकी गाउँपालिकाको अर्वेनीमा पनि जमिन भासिएपछि १६ घर विस्थापित भएको वडा अध्यक्ष देवी न्यौपानेले बताउनुभयो । -उज्यालो अन्लाईनबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ