कम्युनिष्ट आन्दोलनको नेतृत्व माओवादी केन्द्रले गर्छ: नेता बराल

हुमाकान्त पोखरेल
गुल्मी, २४ असौज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका कार्यालय सचिव एवम् लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुदर्शन बरालले नेपालमा कम्युनिष्ट आन्दोलनको नेतृत्व माओवादी केन्द्रल मात्रै गर्ने दाबी गरेका छन् । आइतबार माओवादी केन्द्र धुर्कोट गाउँ कमिटीद्धारा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बरालले अन्य कम्युनिष्टहरु सिद्धान्तबाट विचलित भइसकेकोले माओवादी केन्द्रको विकल्प नभएको बताएका हुन् ।

गुल्मी क्षेत्र नम्बर १ ‘क’ का सासंद समेत रहेका बरालले गणतन्त्र, सङ्घियता, धर्मनिरपेक्षता जस्ता एजेन्डाहरु माओवादी आन्दोलनबाट प्राप्त उपलब्धि भएकोले यस्ता उपलब्धिको रक्षा गर्ने दायित्व पनि माओवादी केन्द्रमै रहेको बताए । एमाले सिद्धान्त र विचारमा पूर्णरुले विक्षिप्त भएकोले उसमा कम्युनिष्ट आचरण नै नरहेको नेता बरालले आरोप लगाए । झण्डै दुई तिहाई नेतृत्वको सरकार तथा विभिन्न प्रदेशमा रहेका सरकारहरु समेत जोगाउन नसकेपछि अहिले एमालेमा छटपटि रहेको उनको आरोप छ ।

अहिले केन्द्रदेखि स्थानीय स्तरसम्म माओवादी केन्द्रप्रति नागरिकको आकर्षण रहेकोले ढुक्क भएर पार्टीका एजेन्डा स्थापित गर्न कार्यक्रतालाई निर्देशन दिए । फरक प्रसङ्गमा नेता बरालले माओवादी केन्द्रका नेताहरुलाई पनि गाउँ फर्कन आग्रह गरे । ‘अब गाउँमा आएर काम गर्ने मात्रै नेता हुन्छ, जनयुद्धको व्याजले नेता भइदैन ।’ उनले भने, ‘विगतमा खटिएकाहरुको सम्मान गर्दै अब जनतामा जानेलाई मात्रै पार्टीले नेता बनाउछ ।’

कार्यक्रता प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक विर बहादुर कार्की, गण्डकी प्रदेश कमिटी सदस्य एवम् ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती मगर, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम माओवादी केन्द्र धुर्कोट गाउँकमिटी अध्यक्ष गोपाल कुँवरको अध्यक्षता, जिल्ला सस्दस्य कोष बहादुर थापाको स्वागत मन्तव्य तथा सचिव महेन्द्र विसीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ