गुल्मीमा राजनीतिक दललाई भिडभाड गर्न छुट, जनताको दसैँ संस्कृतिमा लगाम

गुल्मी, असौज २२ । गुल्मीमा विभिन्न राजनीतिक दलका कार्यक्रममा सयौँको संख्यामा जमघट हुँदै आएको छ । तर दसैंका लागि विभिन्न सांस्कृतिक–परम्परामा भने जिल्ला प्रशासन कार्यालयले लगाम लगाएको छ ।

कोरोना संक्रमणको दोश्रो लहरकै बिचमा नेकपा एमालेका दुई खेमाले सदरमुकाम तम्घासमा सयौं कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेका थिए । लगत्तै नेकपा माओवादी केन्द्रले सदस्यता वितरण र वडा भेलामा सयौं कार्यकर्ता उतारेको थियो । पछिल्लो समय नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन र हालै पालिकास्तरको अधिवेशन सम्पन्न भएको छ ।

राजनीतिक दलका तर्फबाट आयोजित भिडभाडजन्य कार्यक्रमलाई निर्वाध सञ्चालन हुन दिएको स्थानीय प्रशासनले सर्वसाधारणलाई भने दसैँ मनाउन पनि सीमित छुट दिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिँदै कोत–मन्दिरहरुमा परम्परादेखि चल्दै आएको सराय नाच लगायतको धार्मिक–संस्कृतिक परम्परामाथि लगाम लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालद्वारा जारी सूचनामा निषेधाज्ञालाई निरन्तरता दिँदै दसैँको सराय नाच समेतलाई रोक लगाउँदै उक्त सूचना पालना नगरेमा कानुन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

बैठकमा सहभागी विभिन्न सरोकारवालाहरूले सराय नाच लगायतका दसैँ संस्कृतिमा रोक लगाउन नहुने आवाज उठाए पनि राजनीतिक दलका प्रमुख प्रतिनिधिहरू भने मौन बसेका थिए । -रातोपटी डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ