गुल्मी, असौज ०२ । गुल्मीमा जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ । यस अघिको निषेधाज्ञा हिजो राती १२ बजे सकिएको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले अर्को आदेश जारी नहुन्जेल निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
यस्तै कोभिडको जोखिम कायमै रहेकाले सन्चालित बिद्यालयहरुमा स्थानिय तहले नियमित अनुगमन गरि स्वास्थ्यको मापदण्डको पालना गर्ने वातावरण श्रृजना गर्ने र अनावश्यक रुपमा मानिसहरु जम्मा नहुने बैठकले निर्णय गरेको छ । त्यस्तै भिडभाड हुने सभा जुलुस, भोजभतेर जस्ता कार्यक्रम आयोजना नगर्ने नगराउने र चाडपर्वहरु सिमित व्यक्तिको उपस्थितिमा मनाउने बैठकले निर्णय गरेको छ ।