Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मी दरबार गाउंपालिकामा नेकपा मसाल निकट युवक संघको भेला सम्पन्न - Gulminews

गुल्मी दरबार गाउंपालिकामा नेकपा मसाल निकट युवक संघको भेला सम्पन्न

शंकरप्रसाद पोख्रेल
गुल्मी, भदौ ०३ । अखिल नेपाल युवक संघले गुल्मीको दरबार गाउँपालिका–१ मा भेला सम्पन्न गरेको छ । भेलाले १९ सदस्सीय समिति गठन समेत गरेको छ ।

समितिको अध्यक्षमा दिपेश सर्तुङ्गी, उपाध्यक्ष गोबिन्द पल्ली, सचिव चिरञ्जीवी फुङ्जेली, सहसचिव गिरबहादुर राना र कोषाध्यक्षमा बलराम कुँवर चयन हुनुभएको छ ।

सदस्यहरुमा तुलबहादुर माच्कोटी, पुरन रजाली,तिकाराम घर्ती,बिक्रम बोटे, तुलबहादुर सर्तुङ्गी,दिपक पुन,राजन रेश्मी रहनुभएको छ भने सल्लाहकारमा बलराम खड्का, यमबहादुर सनारी, जिवन पल्ली तथा बैकल्पिक सदस्यहरुमा ज्ञानु सर्तुङ्गी, केशव राना, निर्मल रेश्मी, दुर्गाबहादुर सर्तुङ्गी हुनुहुन्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव छबिलाल सर्तुङ्गीले युवाहरू परिवर्तनको संवाहक भएकोले देश र जनताको मुक्तिको लागि नेपाल कम्युष्टि पार्टी (मसाल) मा गोलबद्व भएर एमसीसी जस्तो राष्ट्रघाटी सम्झौता खारेजीको लागि आन्दोलनमा लाग्न आग्रह गर्नुभयो । यस्तै, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य हरि न्यौपानेले सही र गलत छुट्टयार युवाहरु पनि राजनीतिमा लाग्नु पर्ने बताउनु भयो ।

चिरञ्जिवी फुङ्गजेलीको अध्यक्षता तथा रक्तिम कलाकार हरि सर्तुङ्गीको सञ्चालनमा सम्पन्न भेलामा राजमो रेसुङ्गा नगर समितिका सचिव तथा युगदर्शनका जिल्ला सम्वाददाता शंकरप्रसाद पोख्रेलले पनि सफलताको शुभकामना दिनुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D