अनिल खत्री
२७ साउन, गुल्मी । गुल्मीमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । बुधवार बेलुकी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ का बिभिन्न ठाउँमा चट्याङ लागेर ७ जना घाइते भएका हुन् । त्यस्तै च्ट्याङबाटै केहि पशु चौपायाँमा क्षेती पुगेको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर दोहलीका ३८ वर्षका रामबहादुर गन्धर्व र उनको छोरा ११ वर्षको राहुल गन्धर्व गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले बताए । उनिहरुको शरीरको विभिन्न भागमा चोट लागेको छ । चट्याङ लागेर २५ वर्षकी रुपा नेपाली र उनको भान्जा ११ वर्षका किस्मत नेपाली घाइते भएका छन् । उनिहरुको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
नेपालीको एउटा बाख्रा मरेको छ । त्यस्तै घाइते हुनेहरुम १७ वर्षकी राधा खत्री, २३ वर्षकी गोमा खत्री र ३१ वर्षकी की शर्मिला खत्रीलाई बारीमा कोदो रोपि रहेको अवस्थामा झिल्काले लाग्न गई सामान्य घाईते भई घरमा नै रहेको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर कृष्ण बस्नेतको २ वटा बोकाको मरेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई थप उपचारको लागि गुल्मी अस्पताल ल्याइदै छ ।