गुल्मी, ११ साउन । जिल्लाको मदाने गाउँपालिकामा शान्ति सुरक्षा कायम गर्ने उदेश्यका साथ सिसिटिभि क्यामेराहरु संचालनमा आएका छन् । सोमबार एक कार्यक्रमका बिच मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसिले सिसिटिभि क्यामेराको उद्घाटन गरेका हुन् ।
अपराध अनुसन्धानलाई सहज र सरल बनाउन तथा शान्ति सुब्यबस्था कायम गर्ने मुल उदेश्यका साथ मदाने पुर्कोटदहका विभिन्न क्षेत्रमा सिसिटिभि क्यामेराहरु जडान गरिएको छ । मदाने गाउपालिकाको सहयोगमा इलाका प्रहरी कार्यालय परिसरभित्र र पुर्कोटदह बजारक्षेत्रका विभिन्न क्षेत्रहरुमा जम्मा ८ वटा सिसिटिभि क्यामेराहरु जडान गरिएको छ ।
सोमबार मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर के.सि.बाट गाउँपालिका उपाध्यक्ष सरिता खड्का, वडा अध्यक्ष तथा पत्रकारहरुको उपस्थितिमा औपचारिक रूपमा समुद्घाटन गरि सन्चालनमा ल्याईएको छ ।