अल्पमतमा हुदाँ पनि शंकर पोखरेल पदमा टाँसिए : पूर्व मन्त्री बराल

सन्तोष महतारा
गुल्मी, ०४ साउन । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित प्रदेश सांसद सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएपछि पदमा रहन नमिल्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका थापाले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलको पक्षमा मात्र ३८ जना सांसद रहेकोले पदमा नटाँसिएर स्वत मुख्यमन्त्रीको पद त्याग्नुपर्ने बताएका हुन् ।

“लुम्बिनी प्रदेशमा अहिले कुल ८३ जना सांसद रहेका छन् ।”पूर्व मन्त्री बरालले भने, “बहुमत पुग्नका लागि ४२ जना सांसद चाहिन्छ, जून मुख्यमन्त्री पोखरेलसँग नभएकोले उनले गएको बैशाख २९ गते नैतिकताको आधारमा पद छाड्नुपर्दथ्यो ।” नैतिकताको आधारमा मुख्यमन्त्री पद नछाडेपछि कानुनी हिसाबले र राजनितिक हिसाबले प्रतिवाद गरेर अब छिट्टै पदबाट हटाउने पनि उनले बताएका छन् ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका नेता अशोक कुमार थापाको शोकका लागि गुल्मी आएको अवसरमा प्रेस संगठन गुल्मीले गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । बरालले मृतक थापाप्रति श्रद्धाञ्जली प्रकट गर्दै थापाको घरपरिवार र नेपाली काँग्रेस गुल्मीलाई समवेदना प्रकट गरे ।

नेता बरालले केन्द्रिय राजनितिको बिषयमा चर्चा गर्दै खास ब्याक्तिको खराब प्रवृत्तिका कारण वर्तमान राजनितिक घटनाक्रमले जिवन रुपान्तरण गलत तरिकाले हुने धारणा राखेका थिए ।

आफुसँग अल्पमत भएपछि विपक्ष बस्नुपर्ने र बहुमत भएपछि सत्तामा हुनुपर्ने भएपनि त्यसका लागि अदालत जानुपर्ने बाध्यताले खराब सन्देश दिने उनले स्पष्ट पारे । नेता बरालले प्रदेश मन्त्रीको हिसाबले प्रदेशभर र सांसद हुनुको हिसाबले आफु निर्वाचित क्षेत्रमा नागरिक सन्तुष्ट हुनेगरी काम गरेको बताएका थिए ।

उनले प्रदेशमा मन्त्री भएपछि गृहजिल्लामा गरेको मुख्य काम के भयो ? भन्ने पत्रकारको प्रश्नमा जिल्लाको सत्यवति गाउँपालिकामा पहिरोबाट बिस्थापित भएकाहरुलाई १८ करोड लागतमा स्थापित गरिदै, रिडीमा पर्यकटीय स्थल बन्नेगरी तटबन्ध गरिने, कालीगण्डकी करिडोर निर्माणलाई निरन्तरता दिने लगायतका योजनाहरु बताएका हुन् । प्रेस संगठन गुल्मीका इञ्चार्ज प्रेम सुनारको अध्यक्षता रहेको कार्यक्रमको संचालन प्रेस संगठन गुल्मीका सदस्य हुमाकान्त पोखरेलले गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र गुल्मीका सचिव लगायतका नेता सहित जिल्लास्थित क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ