अनिल खत्री
११ असार, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालीका वडानम्बर-१ अस्लेवाचौर, निवासी ३७ बर्षका यमलाल कुँवरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुँवरले घरमै विधुत मर्मत गर्दा करेन्ट लागे पछि रिडी प्राथमिक स्वास्थ केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियोे ।