Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
सीआईएनबाट गुल्मेली पत्रकार पोखरेल सम्मानित - Gulminews

सीआईएनबाट गुल्मेली पत्रकार पोखरेल सम्मानित

गुल्मी, १६ जेठ । देशैभरका सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक सुचना नेटवर्क (सीआईएन) बाट गुल्मेली पत्रकार हुमाकान्त पोखरेल सम्मानित भएका छन् । सीआईएनले ‘दीगो शान्ति सामुदायिक पत्रकारिता पुरस्कार’बाट गुल्मेली पत्रकार पोखरेललाई सम्मान गरेको हो । सीआईएनले आफ्नो १२ औं बार्षिकोत्सव शनिबार गणतन्त्र दिवसका दिन भर्चुअल विधिबाट मनाएको थियो । सोही कार्यक्रममा पत्रकार पोखरेललाई पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । बर्षभरी गरेको रिपोर्टिङ, विषयवस्तुको गाम्भीर्यता, प्रस्तुति लगायतका बिभिन्न मापदण्डको आधारमा पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरिएको सीआईएनका समाचार प्रमुख गोविन्द खड्काले जानकारी दिए । गुल्मीको पहिलो सामुदायिक रेडियो, रेडियो स्काईबाट पत्रकारिता सुरु गरेका पोखरेल हाल गुल्मीको धुर्कोट एफ्एम्मा कार्यरत छन् ।

हुमाकान्त पोख्रेल

पत्रकार पोखरेलले विगत साढे चार बर्षदेखि सीआइएन्मा गुल्मीका समसामयीक बिषयवस्तुहरुको बारेमा रिपोर्ट प्रशारण गर्दै आइरेका छन् । दुई बर्ष अगाडी सीआइएनले संचालन गरेको ‘बाल बिवाह विरुद्धको अभियान’ मा पनि पत्रकार पोखरेल देशैभरबाट उत्कृष्ठ भएका थिए । सीआइएन्ले आफ्नो बार्षिकोत्वको अवसरमा देशभरका अन्य चारजना रेडियोकर्मीलाई पनि सम्मानित गरेको छ । जसअन्तरगत सिआईएनमा कार्यरत स्नेहा कर्ण, रेडियो सीमरा, बाराबाट अविनास आचार्य र विजय एफ्एम् नवलपरासीबाट पवित्रा आचार्यले रेडियो पत्रकारिता पुरस्कार प्राप्त गरेको सीआइएनका म्यानेजर दिपक आचार्यले जानकारी दिए । सम्मानित हुने सबैको पुरस्कार राशि १५ हजार रहेको आचार्यले बताए । भर्चुअल कार्यक्रममा बिभिन्न प्रदेशका आन्तरिक तथा कानुन मन्त्रीहरु, पत्रकार महासंघका केन्द्रिय अध्यक्ष, प्रेस काउन्सिलका अध्यक्ष लगायत देशैरभरका सामुदायिक रेडियोकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D