Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा तिज पर्वको अबसरमा यस्तो देखियो (फोटोमा हेर्नुहोस) - Gulminews

गुल्मीमा तिज पर्वको अबसरमा यस्तो देखियो (फोटोमा हेर्नुहोस)

अनिल खत्री
गुल्मी भदौ ८ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व गुल्मीमा पनि बिशेष कार्यक्रममका साथ मनाएका छन् । तिज पर्वको अबसरमा जिल्लाका भिन्नि स्थानमा तिजका बिशेष मेला तथा प्रतियोगिता समेत सम्पन्न भएका छन् ।

तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनहरु पोख्ने गर्दछन् । पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ ।

महिलाहरुले तिजको दिन भर बिभिन्न चोक तथा खेल मैदानहरुमा भेला भएका तिजका गीतहरु गएका छन् । तिज पर्वको अबसरमा हुने मेलाहरुमा नयाँ पुस्ता भन्दा पनि पुरानै पुस्ताले गीत गाएको पाइयो । गुल्मीको सदरमुकाम तम्घास सगै बिभिन्न ठाउँमा महिलाहरु भेला भएका तिज गीत गाएका छन् ।
तिजको अबसरमा एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्नेगर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ । तिज पर्वमा पहिलो जस्तै अहिलेका पुस्तामा बिभिन्न चोक, मौदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ ।
पछिल्लो समयमा तिज आउनु भन्दा पहिले देखि नै दर खाने गीत गाउँने गर्नाले पनि तिजको दिन कमै उपस्थिती देखिदै जान थालेको छ । नयाँ पुस्ताले सँस्कृति जोगाउनको लागी बिशेष महत्व दिनु जरुरी रहेको पुराना पुस्ताका महिलाहरुको भनाइ रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D