गुल्मी, जेठ ०५ । गुल्मीमा अहिले सम्म ३२० जनाले कोरोनालाई जितेका छन् । गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६१ पुगेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबार दिउँसो जारी गरेको बिवरण अनुसार पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछील्लो २४ घण्टामा पिसिआर परिक्षणबाट ६ जना र एण्टिजेन परिक्षणबाट ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
हाल जिल्लामा पिसिआर र एण्टिजेन गरी २ हजार ६ सय १२ जनाको परिक्षण गरिएको छ । अहिले संक्रिय संक्रमितको संख्या १ हजार १ सय रहेको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।
गुल्मीमा अहिले १ हजार ५० जना होम आईसोलेशनमा रहेका छन् भने ४ जनाको आईसीयुमा उपचार भईरहेको छ । त्यस्तै ४६ जनाको आईसोलेशनमा राखेर उपचार गरिरहेको छ ।
संक्रमण जोखिमलाई मध्यनजर गरी जिल्लाका विभिन्न स्थानमा १७१ बेड क्षमताको आइसोलेशन बेड तयार गरि सञ्चालनमा रहेका छन् । यस जिल्लामा कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप २२ हजार ५ सय ७८ जनाले लगाएका छन् । पहिलो र दोश्रो मात्राको खोप ४ हजार २६ जनाले लगाएको जनाईएको छ ।
नयाँ भेरिन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ १५ गतेसम्म लकडाउन थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जिल्लाबासीलाई आग्रह गरेको छ ।
लकडाउन अवधिमा जिल्ला बाहिर निर्माण तथा खाद्य सामाग्रीका सवारी साधन जेठ ७ गते, १० गते र १३ गते मात्र सञ्चालन गर्न पाउने निर्णय भएको छ। विवाह, व्रतवन्ध, धार्मिक सामाजिक कार्य, देवाली तथा कुलपुजाको कार्यक्रम नगर्ने, निर्माण सामाग्री ढुवानीका साधनहरु जिल्लाभित्र बेलुका ६ बजेदेखी बिहान ७ बजे सम्म मात्र चल्न पाउने निर्णय भएको छ। अत्यावश्यक दैनिक उपभोगका सामग्रीहरु पेट्रोलियम पदार्थ, दुध, पानी, ग्यांसका पसलहरु दिनमा १ पटक मात्र विहान ७ ः ०० बजेदेखी ९ः ०० वजेसम्म मात्र सञ्चालन गर्न पाउनेछन्।
जेठ ०५ २०७८ कोभिड-१९ दोस्रो लहर गुल्मी (Gulminews.com) | |
पछील्लो २४ घण्टामा नयाँ संक्रमित – ४० जना | |
निको भएकाहरु – ३२० जना | |
कुल मृत्यु – ६१ जना | |
सकृय संक्रमितको संख्या – ११ सय जना | |
होमआईशोलेशनमा – १ हजार ५० जना | |
आईशोलेशनमा – ४६ जना | |
आईसियुमा – ४ जना | |
अक्सिजन सिलिण्डर संख्या – २३३ वटा | |
एम्बुलेन्स संख्या – ३९ वटा | |
पहिलो मात्राको खोप लगाएका २२ हजार ५ सय ७८ जना | |
पहिलो र दोश्रो मात्राको खोप लगाएका ४ हजार २६ जना |