Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा एकीकृत नमुना बस्ती, ५० विपन्न परिवारका नयाँ घर बन्दै - Gulminews

गुल्मीमा एकीकृत नमुना बस्ती, ५० विपन्न परिवारका नयाँ घर बन्दै

हुमाकान्त पोखरेल
गुल्मी, ३० वैशाख । ‘निर्वाचनमा भोट माग्न आउदा अनेक थरीका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन ।’ मदाने गाउँपालिका –३ सिर्सेनीकी पुतली विकले भनिन्, ‘अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ ।’ विक सिर्सेनीको लम्पन पहिरोबाट पीडित हुन् । पहिलेदेखि नै पहिरो जाने र ०७२ को भुकम्पले झन बढी क्षति हुँदा घरमा बस्न सक्ने स्थिति थिएन । तैपनी जसोतसो गुजारा चलाएकी उनको घर जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थान तथा स्थानीय पूर्वाधार गुल्मीमार्फत निःशुल्क रुपमा बन्यो । त्यसपछि उनी ढुक्कसँग निदाउन पाएकी छिन् । ‘माथि (लम्पन) पहिरोको डर थियो, रातिमा निदाउनै सकिने थिएन ।’ उनले भनिन्, ‘अब त बाँच्ने आशा पलाएको छ ।’

सोही ठाउँकै मेघ बहादुर विकको परिवार पनि ढिलोमा असार मसान्तसम्म नयाँ घरमा बसाइ सर्छन । उनी पनि लम्पनकै पहिलो पीडित हुन् । पुतलीको घर बनाएर सकिएपनि मेघ बहादुरको घर बने अझै पुरा भएको छैन । घर बनाएबापत तीन लाख रकम बुझ्ने उनले अहिलेसम्म दुई लाख लिइसकेका छन् । ‘दुई लाखमा तालो पुर्नेसम्मको काम भयो ।’ उनले भने, ‘अर्को किस्ताको रकमले घर छाउने हो ।’ पहिले आफुहरुलाई राम्रो घरमा बस्ने आशा नलागेपनि सरकारले पुरा गर्न लागेकोमा धन्यवाद् दिए । सिर्सेनीमा लम्पन पहिलोबाट पीडित १९ घरलाई खन्युखर्कमा बस्ती स्थानान्तरण गर्न लागिएको छ ।

धुर्कोट गाउँपालिका –७ वाग्लाको कोत नजिकैको बस्ती तलबाट मोटरबाटो खन्दा सिंगो बस्ती जोखिममा प¥यो । पहिरोले तीन घर लग्यो पनि । जोखिमलाई मध्यनजर गर्दै जनप्रतिनिधिहरुको पहलमा जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थान तथा स्थानीय पूर्वाधार गुल्मीमार्फत घर तथा जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पामार्फत पूर्वाधारको काम हुनेगरी बस्ती स्थानान्तरणको काम अगाडी बढ्यो । बडाचौरमा स्थानान्तरण गर्न थालिएको एकीकृत बस्तीको अहिले अहिले करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । एकीकृत बस्ती निर्माण उपभोक्ता समिति अध्यक्ष एवम् लाभग्राही जालपा विकले ढिलोमा असार मसान्तसम्म आफुहरु नयाँ घरमा बसाई सर्ने जानकारी दिइन् । ‘धमाधम घर बनाउने कार्य अगाडी बढेको छ, ढिलोमा असार मसान्तसम्म काम सक्छौ ।’ उनले भनिन्, ‘नयाँ घरमा बस्ने कुराले खुसि छाएको छ ।’ वाग्लाको बडाचौरमा ०७५ सालमा ३६ लाखमा २३ रोपनी जग्गा खरिद गरिएको थियो । उक्त जग्गा अहिले १८ जनाको नाममा छ भने घर सम्पन्न भइसकेपछि व्यक्ति–व्यक्तिको नाममा बनाउने प्रक्रिया सुरु हुनेछ ।

पूर्वाधारमा अढाइ करोड

एकीकृत नमुना बस्तीको लागि पूर्वाधार निर्माणको काम पनि भइरहेको छ । बस्तीमा पुग्नको लागि पक्की मोटरबाटो, मेसिनरी वाल, नाली, गेट, खानेपानीका ट्याङ्कि, घडेरी सम्माउने लगायका काम पूर्वाधारको बजेटअन्तरगत निर्माण हुँदैछन् । वाग्ला र सिर्सेनीको खन्यूखर्क र बडाचौर गरी जिल्लाका तीन स्थानमा एकीकृत नमुना बस्ती निर्माण हुँदैछन् । उक्त बस्तीको लागि प्रति परिवार चार लाखको दरले पूर्वाधारको लागि बजेट खर्च भइरहेको छ । वाग्लाको बडाचौरमा ८२ लाख ६९ हजार ३८४, सिर्सेनी खन्यूखर्कमा ७६ लाख तथा सिर्सेनीकै काफलपाटामा ४४ लाख रकम पूर्वाधारको लागि बिनियोजन भएको छ । तीन ठाउँमा पूर्वाधारमा मात्रै दुई करोड दुई लाख ६९ हजार ३८४ रकमको काम भइरहेको छ ।

शौचालय नहुँदा समस्या

सरकारले प्रति घर निर्माणको लागि तीन÷तीन लाखका दरले लाभग्राहीलाई वितरण गर्छ । तर एकीकृत बस्तीमा निर्माण हुँदै गरेका घरमा शौचालयको डिजाइन नै नहुँदा भने समस्या परेको छ । कतिपय ठाउँमा तीन लाख रकममा शिर्षक विभाजन गरेर शौचालय बनाउन लगाइएको छ भने कतिपयमा शौचालय आफै बनाउन भनिएको छ । वाग्लाका वडासदस्य ढुण्डिराज घिमिरेका अनुसार राज्यले शौचालय बनाउने रकम थप गरिदिनुपर्ने बताए । डिजाइनमा शौचालय नभएको र आफैले खर्च गरेर बनाउन सक्ने स्थिति नरहेकोले केही रकम थप गरिदिनुपर्ने उनको भनाई छ । शौचालय बनाउनको लागि धुर्कोट गाउँपलिकाले सिमेन्ट र पाइप दिने भनेपनि त्यो पनि अपुग हुने उनले बताए । खन्युखर्कको बस्ती निर्माण उपभोक्ता समिति अध्यक्ष विष्णु बहादुर विकले सुरुमा घर बनाउन तीन लाख भनेको तर पछि त्यही रकमलाई टुक्राएर दुई लाख ७५ हजार घर निर्माण र २५ हजारमा शौचालय बनाउने गरी आफुहरुलाई कार्यालयले जानकारी गराएको बताए ।

कुल ५० घर बन्दै

आगामी असार मसान्तसम्म जिल्लाका ५० विपन्न परिवारको लागि नयाँ घर बन्दै छन् । वाग्लाको बडाचौरमा १८, सिर्सेनीको काफलपाटामा १३ र खन्युखर्कमा १९ घर निर्माणाधिन छन् । सबै घरको दोस्रो किस्तासम्म प्रदान गरिएको छ भने अब तेस्रो किस्ता दिन बाँकी छ । पहिलो किस्तामा ५० हजार तथा दोस्रो किस्तामा एक लाख ५० हजार गरी दुई लाख लाभग्राहीले लिइसकेका छन् भने अब तेस्रो किस्तास्वरुप एक लाख दिन बाँकी छ । जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थान तथा स्थानीय पूर्वाधार गुल्मीका निमित्त कार्यालय प्रमुख यज्ञ प्रसाद रिजालका अनुसार लाभग्राहीले शौचालय बनाएपछि र घर छाएपछि वा छाउनको लागि तयारी अवस्थामा राखेपछि तेस्रो किस्ता प्रदान गरिनेछ । सरकारको मापदण्डअनुसार घर निर्माण गरेकोले शौचालयको लागि छुट्टै रकम नआउने र सोही रकमबाटै शौचालय बनाउनुपर्ने उनको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D