gulminews logo
आईतवार, २०८१ बैशाख १६

स्वरोजगार बनाउन खेलौना बनाउने तालिम

हुमाकान्त पोखरेल
१० वैशाख । गुल्मीको छत्रकोट गाउँपालिका –३ हर्दिनेटाका ३० बर्षिया मान बहादुर ढेंगा १० बर्षअघि दुर्घटनामा परे । दुर्घटनामा परी अहिले कम्मरभन्दा तलको भाग चल्दैन । हिड्डुल गर्नको लागि ह्विल चियरको सहायता लिनुपर्छ । यस्तो अवस्थामा वडाका प्रतिनिधिले खेलौना बुन्ने तालिम आएको र त्यसमा सहभागि हुन आग्रह गरे । ढेंगालाई उक्त तालिम उपयुक्त लागेर तालिममा सहभागि बने । निःशुल्क रुपमा १८ दिनसम्म व्यवसायिक डल बनाउने तालिम लिएपछि उनले कपडाबाट खरायो, उठेको र बसेको कुकुर, कुसन लगायतका सात प्रकारका खेलौना बनाउन सिके । तालिमपछि अहिले उनको आत्मबलमा बृद्धि भएको छ भने काम गर्ने जाँगर पनि पलाएको छ । ‘१० बर्षदेखि यत्तिकै बसियो, अब काम गर्ने हो ।’ उनले भने, ‘तालिममा सिकाएका सबै सिकेको छु, अब व्यवसायिक बनिन्छ ।’

अर्की स्थानीय दीपा पन्थले गाउँकै क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययन गर्छिन् । १८ दिनसम्मको तालिमले आफुमा गुडिया बनाउने जोस पलाएको उनी बताउछिन् । ‘तालिममा विभिन्न सात प्रकारका खेलौनाहरु बनाउन सिक्यौ ।’ उनी भन्छिन्, ‘गुडिया बेचेर पढाइ खर्च जुटाउने हो ।’

पसल खोल्ने सोच, सरकारप्रति भरोसा

हर्दिनेटाकै बिन्दु भण्डारी पन्तका श्रीमान रोजगारीका लागि दुवै छन् । थोरेपनि घरखर्च चाहिदा विदेशमा भएका श्रीमानको आश गर्नुपर्ने उनलाई तालिमपछि भने व्यवसायिक छुट्टै किसिमको सोच पलाएको छ । ‘अब लगत्तै व्यवसायिक किसिमले डल बनाउनेतर्फ लाग्ने सोच छ ।’ उनले भनिन्, ‘अरु सबै छोडेर पसल नै खोलेर खेलौनाको व्यापार गर्ने योजना बनाएकी छु ।’ तालिमबाट खेलौना बुन्ने महत्वपूर्ण सिप आफुले हाँसिल गरेकोले गाउँका सबै दिदीबहिनीहरुलाई समेटेर पसलमार्फत खेलौनाको व्यापार गर्ने उनको भनाई छ । अर्की स्थानीय सहना तिवारीले निः शुल्क तालिम लिएपछि सरकारप्रति आश पलाएको प्रतिक्रिया दिइन् । ‘निर्वाचनमा उठेका उम्मेदवारहरुले विभिन्न आश्वासन दिएका थिए, तर पत्यार लागेको थिएन ।’ उनले भनिन्, ‘गाउँगाउँमा सिहंदरबार भनेको यस्तै भएर रहेछ, राज्यप्रति धेरै नै विश्वास जागेको छ ।’ तालिममा सहभागि अर्की स्थानीय सावित्रा भण्डारी पन्थले पनि सबै जोस जाँगर लगाएर सिपलाई उपयोग गरी आत्मनिर्भर बन्ने बताइन् ।

तालिमका प्रशिक्षक डीला कडेँलले १८ दिनसम्मको तालिममा प्रशिक्षार्थीले खरायो, बसेको र उठेको कुकुर, बिरालो, छोटो र लामो खुट्टाको पाण्डा तथा कुसन बनाउन सिकेको बताइन् । अहिले सिकेका प्रत्येक खेलौनाको मुल्य न्यूनतम एक सय रुपैँयादेखि अधिकतम ३५० भन्दा बढी पर्ने उनको भनाई छ । आफुले सुरुमा रकम तिरेर सिकेको तर अहिले निःशुल्क रुपमा गाउँमै तालिम सिक्न पाउनु अवसर भएको र त्यसलाई उपयोग गर्नुपर्ने उनको भनाई छ । यस्तो प्रकारको खेलौनाको बजारको कुनै समस्या उनले बताइन् । कैँची, आँखा, नाक, मुखमा राख्ने कपडा लगायतको प्रयोबाट बनाएको खेलौना आकर्षक देखिने, जन्मदिनमा उपाहार लैजाने, सजावटको लागि लैजाने हुँदा राम्रो आम्दानी गर्न सकिने उनले जानकारी दिइन् ।

तालिमको सहजिकरण गरिरहेको पाल्पा विकास केन्द्रका संचालक नारायण न्यौपानेले गरिब, सिमान्तकृत र अल्पसंख्यक वर्गलाई लक्षित गर्दै राज्यले लघु उद्यम तालिम संचालन गरेको बताए । स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको उपयोग गर्दै खेलौना बनाउन सक्ने भएकोले तालिम बढी उपयोगी रहेको उनको दाबी छ । त्यसका साथै तालिमको सही सदुपयोग गर्न सके आर्य आर्जनमा उल्लेख्य बृद्धि हुने पनि उनले बताए ।

गाउँपालिकाका ८० जना लाभाम्वित

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम गत बर्षसम्म घरेलु कार्यालयमार्फत संचालन हुन्थ्यो । अहिले उक्त काम सम्बन्धित स्थानीय सरकारको जिम्मामा छ । छत्रकोट गाउँपालिकाकी लघु उद्यम विकास सहजकर्ता यमुना अधिकारीले यो कार्यक्रमबाट गाउँपालिकाका चारवटा वडाका ८० जना नागरिक लाभाम्वित हुने बताइन् । वडा नम्बर १ मा पाचँ जनालाई खेलौना बुन्ने तालिम, छ जनालाई टमाटरको सस बनाउने तालिम र १० जनालाई पशुपालनको तालिम प्रदान गरिएको छ । वडा नम्बर ३ मा १३ जनालाई खेलौना बुन्ने र बाँकी आठ जनालाई दुना–टपरी बुन्ने तालिम, वडा नम्बर ४ मा १० जनालाई व्युटिपार्लर र ११ जनालाई खुदोको परिकार बनाउने तालिम प्रदाने गर्ने अधिकारीले बताइन् । यो आर्थिक बर्षमा छत्रकोट गाउँपालकामा कुल २९ लाखमा उद्यम विकास सम्बन्धि काम हुनेछ । भने सोही रकमबाट ४० जनाले पुर्नताजकी तालिम पनि लिइसकेका छन् ।

गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले तालिम लिनु÷दिनुभन्दा पनि बढी तालिमको सही सदुपयोग गर्नु चुनौतीको बिषय भएको बताए । तालिम लिएका सबैले राम्रो उत्पादन गरे बजारको ग्यारेन्टी आफुहरुले गरिदिने उनले प्रतिवद्धता जनाए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D