gulminews logo
बुधबार, २०८१ बैशाख १९

अनलाईन टेलिभिजन पत्रकारहरुका लागि कानुनी सचेतना तालिम

हुमाकान्त पोखरेल
गुल्मी, १० वैशाख । अनलाईन टेलिभिजन पत्रकार (युटुबर) हरुका लागि कानुनी सचेतना तालिम गुल्मीमा सम्पन्न भएको छ । ‘हाम्रो लागि हामी आफै’ भन्ने मुल नाराका साथ अनलाईन टेलिभिजन पत्रकार संघ, नेपालको आयोजना तथा पत्रकार महासंघ, गुल्मी शाखाको समायोजनमा तालिम सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख गोपालचन्द्र भट्राई र अधिवक्ता विनोद पाण्डेले तालिम दिएका थिए । नेपालमै पहिलो पटक संचालन गरिएको तालिममा युटुवमा भिडियो राख्दा त्यसले पार्ने कानुनी प्रभाव, गोपनियता लगायतका बिषयमा जानकारी गराइएको छ । त्यसैगरी व्यक्तिका सार्वजनिक गर्न मिल्ने÷नमिल्ने बिषय, युटुबमा भिडियो राख्दा अनुसन्धान प्रक्रियामा पर्नसक्ने जटिलता, पीडितको पुर्नःस्थापनामा पर्न सक्ने प्रभाव, सार्वजनिक गर्न नमिल्ने बिषय राख्दा भोग्नुपर्ने कानुनी सजाय लगायतको बिषयमा पनि जानकारी गराइएको छ ।

तालिमको उद्घाटनमा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले युटुबमा आउने सबै सामग्रीहरु सत्य हुनुपर्नेमा जोड दिइन् । अरुको कर्तव्यभन्दा पहिले आफ्नै कर्तव्य सम्झिनुपर्ने शर्माले बताइन् । अनलाईन पत्रकार संघ नेपालका अध्यक्ष जीवन भण्डारीले नेपालमै पहिलो पटक तालिम आयोजना गर्न सहयोग गरेको पत्रकार महासंघ, गुल्मीलाई धन्यवाद् दिए । आफुहरुलाई युटुबर भनेर मानिसले हेर्ने दृष्टिकोण फरक भएको भन्दै उनले तालिमपछि धेरै ज्ञान सिकेको प्रतिक्रिया दिए । पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले युटुवमा आएका विकृतिहरु हटाउनको लागि तालिमको आयोजना गरिएको बताए ।

त्यस्तै पत्रकार महासंघ, गुल्मीका निर्वतमान अध्यक्ष नवराज भुसालले युटुबर भएकै कारण पत्रकार भन्न नमिल्ने तर युटुबरहरुले पत्रकारले भन्दापनि धेरै राम्रो काम गरेको बताए । तालिमपछि प्रतिक्रिया दिदैँ सहभागि भुवन भुसालले आफुहरुले अहिलेसम्म कुनै तालिम नलिएको कारण युटुवमा बढी भ्यूज जाने मात्र भिडियो राख्ने गरेको बताए । बिहिबारको तालिम सार्थक र उपलब्धिपूर्ण भएकोले अबदेखि भ्यूजको आधारमा भनई जिम्मेवारी र कानुनी हिसाबले राख्न मिल्ने मात्र भिडियोहरु राख्ने बताए । तालिममा गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा र बाग्लुङका गरी २२ जना अनलाईन टेलिभिजन पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D