गुल्मीका ६ जना पत्रकार सम्मानित

अनिल खत्री
गुल्मी, ५ बैशाख । साझा नेटवर्क मिडिया प्रालिले गुल्मीका क्रियाशिल पत्रकारलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ को असरमा आयोजित भित्तेपात्रो बिमोचन कार्यक्रममा जिल्लाका ६ जना क्रियाशिल पत्रकारलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा पत्रकार प्रेम सुनार, अनिल खत्री, हुमाकान्त पोखरेल, टोपलाल अर्याल, कमल पौडेल र देबेन्द्र केसी रहेका छन् । सम्मानित पत्रकारहरुलाई साझा नेटवर्क प्रालिका अध्यक्ष केशव कंडेल र रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले संयुक्त रुपमा सम्मान पत्रले सम्मान गरेका थिए ।

साझा नेटवर्कलाई बिभिन्न तबरले सहयोग गरेको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको संस्थाका सल्लाहाकार हिमशिखर रसाईलीले बताए । सम्मान तथा भित्ते पात्रो बिमोचन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पछिल्लो समयमा छापा मिडिया भन्दा पनि अनलाइन मिडियाले निकै फड्को मारेको बताए । उनले धेरै अनलाइन मिडियाहरु खुलीरहेकाले विश्वसनीय घट्दै गएको बताए । अनलाइन मिडियाले समाचार राख्ने क्रममा कतिपयले झुटो र भ्रामक समाचारहरु पनि सम्प्रेषण गर्ने भएकाले त्यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासनीय अधिकृत भक्तिराम मरासिनी, पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल आर्यालले छापा मिडिया भन्दा अनलाइन मिडिया प्रभावकारी बन्दै गएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्न जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीमा नव निर्वाचित कार्य समितिलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार हुमाकान्त पोखरेलले गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ