इस्मामा आगलागी: घरगोठ जलेर नष्ट, आगलागी नियन्त्रण बाहिर

सन्तोष महतारा
०२ बैशाख । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ अम्मरपुरमा आगलागी हुदा घरगोठ जलेका छन् । अम्मरपुरको जैथुम बागदुलामा जंगलबाट सल्केको आगोका कारण नजिकै रहेका घरगोठ जलेको त्यहाँका स्थानीय रेशम कुँवरले जानकारी दिएका छन् । आफुहरु आगलागी भएको ठाउँमा भएपनि नियन्त्रणमा लिन नसकिएको स्थानीय कुँवरले जानकारी दिएका छन् । आगलागीका कारण धन बहादुर बिककाे घरगोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ । नम बहादुर बिक, टिका बहादुर चुदाँरा र नम बहादुर चुदाँराकाे गोठ जलेर नष्ट भएका छन् ।

आगलागीका कारण ४ बङ्गला पुर्णरूपमा क्षती भएका छन् । आगलागी दिउँसो १२ बजेबाट जंगलमा लाग्न सुरु गरेको थियो । आगाे नियन्त्रण बाहिर छ । हावाहुरीका कारण आगलागी नियन्त्रण बाहिर रहेको स्थानीय रेशम कुँवरले जानकारी दिएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ