तालिमको प्रभाव: विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

हुमाकान्त पोखरेल
गुल्मी, १२ फागुन । हेफर इन्टरनेशनल नेपालको आधाशिला तालिमपछि तालिमका सहभागिहरुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । एकीकृत ग्रामिण विकास समाज गुल्मीद्धारा संचालित हेफर इन्टरनेशनल नेपालले मालिका गाउँपालिका –५ छापहिलेमा गत फागुन ९ गतेदेखि तीन दिनसम्म सकारात्मक सोच तथा स्वनेतृत्व बृद्धि विकासका लागि तालिम दिएको थियो ।

तालिममा छापहिलेका २३ जना सहभागी थिए । सकारात्मक सोचको तालिमपछि तालिमको अन्तिम दिन छापहिलेकै चारजना गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई एक बर्षको लागि पुग्ने एक दर्जन कापी, कलम तथा ज्यामेट्री बक्स प्रदान गरेको हुन् । कक्षा ६ मा पढ्ने गिता घर्ती मगर, उनकी बहिनी कक्षा ४ मा पढ्ने संगिता घर्ती मगर, कक्षा ४ मा पढने बर्षा महतरा र देवकला परियारलाई शैक्षिक सामग्री प्रदान गरिएको एकीकृत ग्रामिण विकास समाजका परियोजना संयोजक भरत भण्डारीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ