जय नेपाल महिला उत्थान बहुउदेश्यीय सहकारी गुल्मीको अध्यक्षमा सरिता पन्थी

रमेश विश्वकर्मा
गुल्मी, माघ ३० । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा अवस्थित जय नेपाल महिला उत्थान बहुउदेश्यीय सहकारी संस्था लि.को प्रारम्भिक साधारणसभा सम्पन्न भएको छ । प्रारम्भिक साधारणसभा एक औपचारिक कार्यक्रमको आयोेजना गरि सम्पन्न भएको हो ।

जिल्लाको सदरमुकाम तम्घासमा भएको संस्थाको प्रारम्भिक साधाणसभाले सरिता पन्थीको अध्यक्षतामा ११ सदस्यीय संचालक समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा गंगादेवी पाण्डे, सचिव कल्पना पन्थी, कोषाध्यक्ष तारा पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरु अमृतादेवी कुँवर, संगिता श्रेष्ठ, नारायणी विक केसी, कमला भलामी, अनिता कुँवर, सरस्वती अर्याल र माया भुसाल रहेका छन् ।

प्रारम्भिक साधारणसभाले संस्थाको हितको लागि विभिन्न उप–समितिहरु समेत गठन गरेको छ । संस्थाका सदस्य संगिता श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय ऋण उप–समिति गठन गरेको छ । जसको सदस्यहरुमा निर्मला पन्थी र सीता बलाल रहेका छन् ।

त्यस्तै निर्मला केसीको संयोजकत्वमा ४ सदस्यीय शिक्षा उप–समिति गठन गरिएको छ । जसको सदस्यहरुमा खिमा बस्नेत, निर्मला पन्थी (खनाल), मञ्जु पाण्डे रहेका छन् । बसन्ता पन्थीको संयोजकत्वमा ३ सदस्यीय ऋण अनुगमन उप–समिति गठन गरिएको छ । जसको सदस्यहरुमा पार्वती विक र सिर्जना पन्थी रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ