गुल्मी, २८ पुस । पूर्वमन्त्री एवं नेकपा प्रचण्ड-माधव समूहका नेता गोकर्ण विष्ट तथा इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टलाई मातृशोक परेको छ ।
गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य एवं इस्मा गाउँपालिका–४ निवासी गोकर्ण विष्ट तथा इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टकी आमा चिन्तकला विष्टको ९२ वर्षको उमेरमा निधन भएको हो । उनको मगंलबार दिउँसो आफनै घरमा निधन भएको हो ।
केही दिन अघि स्वास्थ्यमा सामान्य समस्या देखा परे पनि पछिल्लो समय ठिक हुदै गएको र आज अचानक दुःखद घटना घटेको इस्मा गाउँपालिका अध्यक्ष तथा उनका छोरा लक्ष्मण विष्टले बताए ।
भोली बुधबारसम्म पूर्वमन्त्री गोकर्ण विष्ट गुल्मी आउने र छल्दीखोलामा अन्त्यष्टी तैयारी रहेको परिवार स्रोतले जनाएको छ ।