गुल्मीमा राष्ट्रिय परिचयपत्र लिन १०१ वर्षिय बृद्धको बिवरण दर्ता संकलन

अनिल खत्री
२ पुस, गुल्मी । गुल्मीमा राष्ट्रिय परिचयपत्र लिन १०१ वर्षिय बृद्धले बिवरण दर्ता गराएका छन् । जिल्लाको मुसिकोट नगरपालिकामा चलिरहेको दर्ता संकलन कार्य वडानम्बर –१ निवासी १०१ वर्षिय डिलाराम गौतमले राष्ट्रिय परिचयपत्र लिन बिवरण दर्ता संकलन गराएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

जिल्लामा अहिले जिल्ला सदरमुकाम तम्घासबाट गरिएको सेवालाई शिबिरको रुपमा स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई तिब्र पारिएको छ । जिल्लाका गुल्मीदरवार, धुर्कोट, मदाने र छत्रकोटमा दर्ता संकलन कार्य सम्पन्न भएको सम्पन्न भएका छन् ।

जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये रुरुक्षेत्र गाउँपालिकामा र मालिका गाउँपालिकामा बिवरण दर्ता कार्य सुरु भएको छ । मुसिकोट नगरपालिकामा कार्य जारी रहेको छ । जिल्लामा राष्ट्रिय परिचयपत्र बिवरण दर्ता संकलन कार्यलाई अगाडी बढाउन ६० जनादर्ता संकलक मार्फत टोलि खटाइएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ