गाउँपालिकाको समीक्षा कार्यक्रममा प्रशासकीय अधिकृतको प्रशंसा

अनिल खत्री
१ पुस, गुल्मी । कोरोना महामारीले सुस्ताउदै गएका स्थानीय तहका कार्यक्रमहरु थप सुरु हुन थालेका छन् । लामो समयसम्म कोरोना महामारीले बिभिन्न कार्यक्रमहरु प्रभावित भएका थिए ।

तर पछिल्लो समयमा भौतिक दुरी कायम गरेरै भएपनि स्थानीय तहले कार्यक्रमलाई निरन्तरता दिन थालेका छन् । यसै क्रममा गुल्मीदरवार गाउँपालिकाले प्रथम चौमासिक समीक्षा गरेको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा गाउँपालिकाले गरेका बिभिन्न क्रियाकलापहरुको बारेमा समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेय सहित बिभिन्न बिषयगत शाखाहरुले गरेका बिभिन्न प्रगती तथा आगामी दिनहरुमा गर्नुपर्ने कामहरुको बारेका जानकारी गराएका थिए ।

कार्यक्रममा अध्यक्ष अशोककुमार थापाले जनप्रतिनिधिहरुमा पनि परिपक्वता हुँदै र नियम कानूनका बारेमा पनि जानकार हुँदै गएकाले सहज हुँदै गएको उहाँले बताए । यस आर्थिक बर्षको प्रथम चौमासिक समीक्षा कार्यक्रममा थापाले प्रशासकीय अधिृत लक्ष्मण पाण्डेले गरेका कार्यहरु र ब्यबस्थापनको बारेमा खुलेरै प्रशंसा गरे ।

उनले कार्यालयको ब्यबस्थापन, खर्चमा मितब्ययिता र सुशासन कायम गर्नमा खेलेको भूमिकाको बारेमा प्रशंसा गरेका थिए । समीक्षा कार्यक्रममा राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरुले पनि पछिल्लो समयमा प्रशासकीय अधिकृत पाण्डेले गरेका कार्यहरुको बारेमा प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका वडा नंम्बर ३ की वडा सचिब पुर्णिमा घिमिरेको कार्यसम्पादनबाट अन्यले पनि अनुसरण गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताएका छन् । यस आर्थिक बर्षको प्रथम चौमासिक समीक्षा कार्यक्रममा प्रशासकीय अधिृत लक्ष्मण पाण्डेले राम्रो कामहरुको अनुसरण अन्यले पनि गर्नुपर्ने भन्दै घिमिरेलाई बधाई दिएका थिए ।

घिमिरेले वडा कार्यलयबाट भएका सम्पुर्ण कार्यहरुलाई समीक्षामा प्रस्तुत गरेकी थिइन् । उनले वडाबाट हुने र भएका कार्यसम्पादनलाई प्रस्तुत गर्दा पाण्डे खुसी हुँदै उनको प्रशंसा समेत गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D