अनिल खत्री
गुल्मी साउन ३२ । जिल्ला समन्वय समिति गुल्मीमा निर्वाचित जनप्रतिनिधीले सपथ तथा पदभार ग्रहण गरेका छन् । बुधवार सदमुकाम तम्घासमा मुख्य निर्वाचन कार्यालय गुल्मीले आयोजना गरेको सपथ तथा पदभार कार्याक्रममा निर्वाचित ९ जना जनप्रतिनिधीले सपथ लिएका हुन् ।
समन्वय समितिको प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुल्सीकुमारी श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत मतृका मरासिनीले सपथ खुवाएका थिए । अन्य सदस्यहरु चेतन बस्नेत, राममल्ल ठकुरी, दलबहादुर बिश्वकर्मा, हरिप्रासद ज्ञवाली रमादेबी पुन, गंगा पन्त,उजेली बिकलाई मसन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले सपथ खुवाएका थिए । सपथ ग्रहणपछी बोल्दै नवनिर्वाचित प्रमुख लक्ष्मण पराजुलीलले जनताको भावना र मर्म अनुरुप आफु अघि वढने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा शुभकामना मनतव्य दिदै मुख्य निर्वाचन अधिकृत एबं जिल्ला न्यायदिस मातृका मरासिनीले जिल्ला शान्तिपूर्ण मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले जनताले आफना जनप्रतिनिधी आफैले चुन्ने अबसर पाएकोले अब निर्वाचित जनप्रतिनिधी पनि जनताको भावना अनुरुप चल्ने बताए ।
अधिकृत मरासिनीले समन्वय समितिमा नव निर्वाचित सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । निर्वाचित प्रमुख उपप्रमुख सहित सबैले बुधवार नै पदभार गरेका छन् । जिल्ला समन्वय समिति गुल्मीको कार्यालयमा गइ उनिहरुलाई स्थानिय बिकास अधिकारीले कल्पना श्रेष्ठले पदभार गराएकी थिइन् ।
जिल्लाका १२ स्थानीय तह मध्ये एमालेले २ नगरपालिका सहित ७ स्थानीय तह जितको थियो । एमालेले थप ३ स्थानीय तहमा उपाध्यक्ष जितेको थियो । कांग्रेसले ३ गाउँपालिकाको अध्यक्ष र थप एक तहमा उपाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले एउटा गाउँपालिकाको अध्यक्ष मात्र जितेको थियो ।