गुल्मी, कार्तिक १४ । गुल्मीको रुरु एफ.एम ९४.८ मेगाहर्ज आफ्नो संचार यात्राको १२ बर्ष पुरा गरी तेर्हौँ बर्षमा प्रवेश गरेको छ ।
रेडियो २०६५ साल कात्तिक १३ गते लक्ष्मीपूजाको अबसर पारेर सन्चालनमा आएको थियो । रुरु मल्ट्रिमिडिया प्रा.लि छत्रकोट गाउपालिका ४ श्रृङ्गा गुल्मीद्धारा संचालित रेडियो दैनिक १८ घण्टा प्रसारणमा रहेको छ ।
गुल्मीको सदरमुकाम बाहिर ग्रामिण क्षेत्रबाट प्रसारण थालेको एफ.एमले जिल्ला भित्र बाहिरका सबैको मन जित्दै आईरहेको छ ।
आफ्नो १३ औं बर्ष प्रवेशको अवसरमा रेडियोले श्रोता, विज्ञापन दाता, शुभचिन्तक, पत्रकार लगायत सम्पुर्णलाई साथ र सहयोगको लागी धन्यवाद ज्ञापन गरेको छ ।
भाषा, कला र संस्कृतिको प्रचार, गाउँ गाउँमा सुचना र संचार भन्ने नाराका साथ स्थापित रुरु एफ.एम, गुल्मी जिल्लासंगै छिमेकि जिल्लाहरु अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्युठान, रोल्पा, स्याङ्जा, पर्वत, कपिलबस्तु, रुपन्देहीका लगायतका करिव १५ भन्दा धेरै जिल्लाहरुमा सुन्न सकिने रेडियोले जनाएको छ । त्यस्तै रेडियो अन्लाईन मार्फत संसार भर सुन्न सकिन्छ ।