अजय खड्का जेम्स
गुल्मी, असौज ०१ । गुल्मी सुनचाँदी व्यवसायी संघ र गुल्मी रेसुङ्गा सुनचाँदी व्यवसायी संघको एकता भेला तथा अधिवेशन सोमबार तम्घासमा सम्पन्न भएको छ ।
एकता भेला संयोजन समितिको आयोजनामा सम्पन्न भेलाले एकतापछिको समितिको नाम गुल्मी सुनचाँदी व्यवसायी संघ एकीकृत रहने निर्णय गरेको छ । भेलाले २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षतमा रामु सुनार रहनुभएको छ । वरिष्ठ उपाध्यक्षमा झविन्द्र विश्वकर्मा, उपाध्यक्षहरुमा राम बहादुर सुनार र ज्ञानेन्द्र सुनार रहनु भएको छ ।
यस्तै महासचिव धर्म विश्वकर्मा, सचिवमा रामु सुनार बराल, सहसचिव सुर्य सेन्चुरी, कोषाध्यक्ष सुवर्ण बराल र सहकोषाध्यक्ष विनय कालीराज रहनुभएको छ । नारायण बरालको अध्यक्षता र सुनचाँदी व्यवसायी संघका प्रदेश नं ५ का सदस्य गोपाल सुनारको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन धर्म विश्वकर्माले गर्नुभएको थियो ।