युथ फर चेन्ज गुल्मीद्वारा इस्मा र मुसिकोटका पहिरो पिडितलाइ राहत वितरण

सुबास बस्नेत
गुल्मी, भदौ १९ । युथ फर चेन्ज नेपाल (गुल्मी) ले इस्मा गाउँपालिकाका अलग अलग ठाउँहरु र मुसिकोट नगरपालिकाका पहिरो पिडितलाइ राहत वितरण गरेको छ । सँस्थाले इस्मा गाउँपालिका वडा न १, ३, र ४ का ८४ घर परिवारलाइ अनी मुसिकोट नगरपालिकाका ३ घरपरिवारलाई समेत राहत वितरण गरेको हो ।

संस्थाले आफ्नै कार्य समिति मार्फत करिब एक हप्ता भन्दा बढी स्थलगत अनुसन्धान गरेको थियो । स्थलगत भ्रमण टिमले पहिरो अवलोकन तथा स्वतन्त्र नागरिक अगुवाहरुसँगको प्रत्यक्ष भेटघाट र पहिरोको क्षति तथा आयस्रोतको आधारमा पीडितहरुको बर्गिकरण गरेको र उक्त रिपोर्टलाइ आधार मानेर संस्थाले राहत वितरण गरेको अभियान्ता सुरेश अर्यालले गुल्मीन्युज डट कमलाई बताए ।

संस्थाले पीडितहरुलाई चार वर्गमा बर्गिकृत गरी राहत वितरण गरेको हो । ‘क’ बर्ग मानबिय क्षति, ‘ख’ बर्ग भौतिक क्षति तथा न्युन आयस्रोत, ‘ग’ बर्ग उच्च जोखिम तथा न्यून आयस्रोत र ‘घ’ वर्गमा सामान्य क्षतिका आधारमा पीडितहरुको बर्गिकरण गरेको थियो । इस्मा गाउँपालिका वडा न १ मा ‘क’ वर्गमा २ घरपरिवार, ‘ख’ वर्गमा २९ परिवार, ‘ग’ वर्गमा २१ र ‘घ’ वर्गमा ६ गरि जम्मा ५७ घरपरिवारलाइ राहत वितरण गरेको छ । त्यस्तै वडा न ३ मा ‘ग’ वर्गमा ३ परिवार र वडा न ४ का ‘ख’ वर्गमा ८ घरपरिवार, ‘ग’ वर्गमा ११ घर परिवार र ‘घ’ वर्गमा ५ घरपरिवारलाइ संस्थाले राहत वितरण गरको छ। संस्थाले मुसिकोट नगरपालिकामा ‘क’ वर्गमा १ र ‘ग’ वर्ग मा २ गरि ३ घर परिवारलाइ समेत राहत वितरण गरको छ ।
पिडितहरुको संख्या धेरै भएता पनि मानबिय क्षति, भौतिक क्षति तथा न्युन आयस्रोत र उच्च जोखिम तथा न्यून आयस्रोतको आधारमा जम्मा जम्मी ८७ घर परिवारलाइ राहत वितरण गरेको बाताउछन कतारमा कार्यरत अभियांता तिलक अर्याल। संस्थाले ‘क’ बर्गलाइ १५ हजार रुपैँया, ‘ख’ बर्गलाइ ८ हजार रुपैँया र ‘ग’ वर्गलाइ ४ हजार ५ सय रुपैँयाका दरले राहत वितरण गरेको कतारमा नै कार्यरत अभियन्ता बाबुराम महतले बताए । त्यस्तै घ वर्गका पिडितलाइ १ हजार ५ सय रुपैँया बराबरको खाद्यान्न वितरण गरिएको थियो । संस्थाले पीडितहरुलाई कुल ५ लाख १५ हजार रुपैँया नगद राशि हस्तान्तरण गरको थियो ।

इस्मा गाउँ पालिका वडा न १ मा वडा सदस्य जंग बहादुर खत्री, वडा न ३ मा वडा अध्यक्ष तोयानाथ सापकोटा, वडा न ४ मा वडा अध्यक्ष गनु प्रसाद अधिकारी र मुसिकोट नगरपालिका -२ मा वडा अध्यक्ष लक्ष्मण खत्रीको रोहवरमा राहत वितरण समिति संयोजक सुरेश अर्यालले पिडितलाइ राहत हस्तान्तरण गरेका थिए।

युथ फोर चेन्ज गुल्मीले आफ्ना आन्तरिक समितिहरु मार्फत भिभिन्न देशहरु बाट राहत संकलन अभियान चलाएको थियो। विशेसत इस्मालीहरु प्रति राहतको आवहान गरेको र अभियानमा भारत, कतार, नेपाल, साउदी, दुबई, अमेरिका, फ्रान्स, मकाउ, मलेसिया लगायत १५ भन्दा बढी देशहरु बाट १८५ दाता तथा संस्थाहरुले दुइ सय देखि १५ हाजर सम्मको रकम सहयोग गरेको बताउछन अभियान्ता सुबास बस्नेत।
वर्षायामको सुरूवात संगै प्राकृतिक प्रकोपबाट २०७७ साल आषाढ १८ गते गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं १, हस्तीचौर मल्दि डाडा, जुकेपानी, रातापानी र मुसिकोट लगायतका गाउँमा पहिरो गई ठुलो जनधनको क्षति हुन पुगेको थियो र कैयौं घरपरिवार बिस्थापित समेत हुन पुगे थिए । प्राकृतिक प्रकोपबाट हुन पुगेको यो घटनाले हामी सबैलाई निकै मर्माहित बनायो। यो दुखको घडीमा हाम्रो पनि केही दायित्व महसुस गर्दै पिडितहरुको समस्यामा केहि हद सम्म भए पनि सान्तवना दिने हेतुले युथ फोर चेन्ज, गुल्मीले राहत संकलन गरेको संस्थाका अर्का अभियान्ता किरण अधिकारी भन्छन।
सुबास बस्नेत, भारत पौड्याल (भारत) सुरेश अर्याल, संजय अधिकारी (नेपाल), सन्तोष अधिकारी (अमेरिका), तारा खत्री (फ्रान्स), किरण अधिकारी, बाबुराम महत, सुन्दर बस्नेत, तिलक अर्याल, यमराज महत (कतार) तारा अर्याल लगाएतका संस्थाका अभियान्ताहरुले रकम संकलनमा अहोरात्र खटिएको बताउछन अभियान्ता भरत पौड्याल।

युथ फोर चेन्ज नेपाल (गुल्मी) युवाहरुको स्वतन्त्र सामाजिक संस्था हो । देश विदेशमा भएका युवाहरुलाइ एकत्रित गरि देशमा नै केहि गर्नु पर्छ भन्ने उदेश्यले विशुद्द सामाजिक संस्थाको स्थापना गरेको अभियान्ता सन्तोष अधिकारीले अमेरिका देखि बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ