गुल्मी आउन पीसीआर अनिवार्य नत्र १० दिन क्वेरण्टाईन, मलामी बढीमा २० जना मात्र जान पाईने

गुल्मी, भदौ १३ । छिमेकी जिल्ला हुँदै गुल्मी प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य आवश्यक पेश गर्नपर्ने भएको छ । गुल्मीमा कोरोना रोकथामका लागि सीमा नाकामा कडाई गरिए सँगै पिसिआर रिपोर्ट पनि अनिवार्य गरिएको हो ।

कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि जिल्लामा भित्रिने प्रमुख सीमा नाकाहरु रुरु क्षेत्रको रिड, मुसिकोटको वामी, रेसुंगाको नेटा, मदानेको सौतामारे, कालिगण्डकीको हर्मिचौर र पुर्तिघाट लगायतका स्थानहरुमा कडाई गरिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

त्यी नाका भएर जिल्ला भित्रिनेहरुले अनिवार्य रुपमा पीसिआर नेगेटिभ भएको रिपोर्ट हुनुपर्ने नभए जिल्ला प्रवेश गर्न नदिईने जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक प्रेश बिज्ञप्ती जारी गर्दै जनाएको छ । पिसिआर रिपोर्ट पेश गर्न नसके अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने ब्यबस्था गरिएको छ । जिल्लामा लुकीछिपी आउने र क्वारेन्टाइनबाट भाग्नेलाई कानुन बमोजिक कारवाही गर्ने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै मृत्‍यु सँस्कारमा जानेहरुलाई सहजीकरण गरिने/मलामी जानेहरुको हकमा पनि अधिकतम संख्या २० जना तोकिएको छ । मलामी जानेहरु सबैले मास्क लगाउनुका साथै सामाजिक दुरी कायम गर्दै स्यानिटाईजर पनि प्रयोग गर्नु पर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

यस्तै दुग्ध ब्यबसाय बिहान ९ बजेदेखि, साँझ ६ बजेसम्म, मासु , तरकारी र फलफूल पसलहरु बिहान ७ देखि साँझ ५ बजेसम्म, अन्य पसल उद्योगहरु बिहान १० देखि साँझ ५ बजेसम्म संचालनमा रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
यदि कसैले जिल्ला प्रशासनको निर्णय अबज्ञ गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D