गुल्मीेमा खाना अयोग्य १ सय लिटर मदिरा नष्ट

अनिल खत्री
३२ साउन गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले बरामत गरि राखेको १ सय लिटर मदिरा नष्ट गरेको छ । खाना अयोग्य अबैध मदिरालाई तम्घासको राखिनेडाँडा स्थित दम्पीङ्ग साइड नजिकै नष्ट गरिएको हो ।

प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको खाना नमिल्ने पलाष्टिकको बोतलमा रहेको करिव १ सय लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए । खाना नमिल्ने र म्याद गएको मदिरालाई नष्ट गरिएको थियो ।

प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाइका साथ अगाडी बढाउने अभियान सुरु गर्दै आएको छ । मदिराले झै–झगडा लगायत अन्य बिभिन्न खालका नकारात्मक समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले घरेलु मदिरा नियन्त्रणमा चासो देखाउदै आएको छ ।

घरेलु तथा सामाजिक अपराधका घटनाहरुमा मुख्य गरि मदिराको कारण बन्ने गरेकाले पनि अबैध मदिरालाई प्रहरीले नियन्त्रण गर्दै आएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ