अज्ञात समुहद्धारा मोटरसाइकलमा आगजनी

हुमाकान्त पोखरेल
गुल्मी, साउन ३० । गुल्मीमा अज्ञात समुहले मोटरसाइकलमा आगजनी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ अर्खलेस्थित पन्थीटोलका प्रेमराज पन्थीको मोटरसाइकलमा अज्ञात समुले आगजनी गरेका हुन् । लु ३९ प ५२४३ नम्बरको ‘वान् फिप्टि’ मोटरसाइकलमा राति करिब २ बजेको समयमा आगो लगाएका पन्थीले बताए ।

मोटरसाईकल पन्थीटोलमै बनाइएको तरकारी संकलन केन्द्रभित्र राखिएको थियो । तर उक्त समुहले भवनको ताला तोडेर मोटरसाइकल बाहिर निकाली आगो लगाएका जिल्ला प्रहरी कार्यालय, गुल्मीका इन्स्पेक्टर चुडा पुनले जानकारी दिए । घटनाको बिषयमा प्रहरीले मुजुल्का उठाएको र थप अनुसन्धान भइरहेको पुनले बताए । आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

स्मरण रहोस्, असार १७ गते सोहि ठाउँबाट मोटरसाइकल निकाली बाटोतफ फालिएको थियो भने त्यसको एक हप्तापछि उनको बारिको तरकारीको बिरुवामा क्षति पु¥र्याइएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ