गुल्मीका पहिरो पिडितलाई लायन्स क्लव अफ जितगढिको सहयोग

अनिल खत्री
३० साउन, गुल्मी । लायन्स क्लव अफ बुटवल जितगढिले गुल्मीका पहिरो प्रभावित क्षेत्रमा राहत बितरण गरेको छ । जिल्लाको मुसिकोट नगरपालिकामा र इस्मा गाउँपालिकामा पहिरोबाट बिस्थापित भएका परिवारलाई राहत बितरण गरिएको क्लवका अध्यक्ष इन्द्रबहादुर विष्टले जानकारी दिए ।

क्लवले १ सय घरपरिवारलाई राहत स्वरुप चामल बितरण गरेको विष्टले जानकारी दिए । राहत क्लवका तर्फबाट प्रतिनिधी र नगरपालिका, गाउँपालिका अध्यक्ष, लगायतको सहभागितामा प्रदेश ५ का सांसद कमलराज श्रेष्ठद्धारा बितरण गरिएको थियो ।

पहिरो प्रभावित क्षेत्रमा सहयोग गर्न क्लबका अध्यक्ष इन्द्रबहादुर विष्टको अध्यक्षतामा सहयोग संकलन गरिएको थियो । पहिरो प्रभावितलाई सहयोग गर्न प्रमुख पि डि जि महेन्द्र नारायण श्रेष्ठ ,स्टाटेटिज प्रमुख अर्जुन मा सैजु डिस्ट्रिक स्टाटेजिक योजना प्रमुख योगेश घिमिरेले सहयोग गरेका थिए ।

त्यस्तै यरियानम्बर ४ प्रमुख सन्दिप कशौधन, यरिया नम्बर ४ सचिव यश क्लब का चार्टर अध्यक्ष भेिमलाल घिमिरे, रिजन पर्सन भरत श्रेष्ठ, जोन चेयर पर्सन भुपेन्द बहादुर थापाले सहयोग गरेका थिए । क्लबका पुर्व अध्यक्ष कृष्णप्रसाद पोखरेल,निवर्तमानमा अध्यक्ष बाबुराम अधिकारि, कार्यक्रमका संयोजक कोषाअध्यक्ष राजेस घिमिरे राहत ढुवानी सहयोग गरेका थिए ।

राज खनाल, सुदिप थापा, क्लबका प्रथम उपाध्यक्ष अमृत भुसाल ,द्दितिय उपाध्यक्ष दिनेश भुसाल ,त्तितिय उपाध्यक्ष नवराज पंगेनि सचिव विरु क्षेत्री ,राज खनाल ,सुदिप थापा ,प्रकाश गैरे, हिम्मत आचार्य, विशाल जि सि,ज्ञानु ज्ञवाली ,खेमराज घिमिरे लगायत सहयोग रहेको थियो । क्लबका अध्यक्ष इन्द्रबहादुर विष्टले राहत बितरणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ