gulminews logo
मंगलवार, २०८१ बैशाख १८

मुसिकोटका पहिरो पीडित भन्छन्: झरी पर्यो की मुटु काँप्छ

सागर भण्डारी
गुल्मी, असार २३ । मुसिकोट नगरपालिका वडा नं १ दलुङ्का भागीरथ घिमिरे असार १८ गते सामान किन्न हाँडीखोला झरेका थिए । बजार झरेको केही समय पछि वर्षा हुन थाल्यो त्यस दिन उनी उत्तै बसे । उनका माईला दाई बासुदेव घिमिरेसगं उनको त्यस साँझ कुरा भएको थियो । अघिल्लो दिन फोनमा कुरा गरेका उनका भाईको अर्को दिन दाई वासुदेवले विपत्तिको खबर पाए । परिवारसगैं रुपन्देहीको तिलोत्तमामा बस्दै आएका उनी पहिरोले आफ्ना भाई पुरिएकोे खबर पाउनासाथ बुटबलबाट दलुङ आए । यहाँ आउँदा भाई हराएको पीडासगैं गाउँभरी आएको पहिरोको विपत्तीले मन थामिएन ।

उनको अवस्था अझै पनि अज्ञात नै रहेको छ भने उनको खोजि कार्य जारी रहेको छ । हाँडिखोलामा आएको पहिरो र बाढिले भागीरथ त्यो दिन बसेको पसल सहित २ वटा भट्टी पसल पुर्यो । पहिरो गएर पुरिएको झण्डै ३ दिन पछि नगरपालिकाले उक्त ठाउँमा डोजर लगाएर उनको खोजि कार्य थालेको छ । ईस्मा गाउँपालिका १ हस्तिचौर स्थायी घर भई हाल दलुङमा पसल गर्दै आएका हरि बहादुर घिमिरेले त्यो दिन ६ बजे नै पसल बन्द गरेका थिए । खाना खाएर पसलमै सुतेका उनी राति १० बजे निद्राबाट उठेर हेर्दा बाहिर ठुलो वर्षा भईरहेको थियो । उनको मनमा केही हुने होकी भन्ने लागि रहेको थियो त्यसपछि उनले भागीरथलाई त्यहाँ नसुत्न आग्रह गरे तर नमानेपछि उनी आफुभने पसलबाट निस्किए । रातभर ठुलो वर्षा भईरह्यो । पुःन उनी राति १ बजे आएर हेर्दा आफ्नो पसल पहिरोले सबै पुरिसकेको थियो । उनले वर्षालाई भनेर ल्याएको सबै सामान नष्ट भयो । उनलाई अहिले झरी पर्दा समेत मुटु झसगं हुने बताउँछन् ।

५६ घर विस्थापित ४० घर जोखिममा

मुसिकोट नगरपालिका वडा नं २ मा मात्रै पहिरोका कारण ५६ घर विस्थापित बनेका छन् भने ४० घर पहिरोको उच्च जोखिममा परेका छन् । उक्त स्थानका विभिन्न स्थानमा पहिरो गएपछि जनजीवन अस्तव्यस्त बनेको छ । आकाशबाट पानी बर्षिने काम नरोकिँदा स्थानीयहरुलाई कतै अझै विपत्ति भोग्नुपर्ने हो की भन्ने चिन्ताले पिरोलि रहेको छ । पहिरोले ११ बगांलो, ५ वटा गोठ, २ वटा होटल,१ वटा कुखुरा फर्म झण्डै ३ सय वटा पशुचौँपाया, र एउटा रोकिराखेको मोटरसाईकलमा पूर्ण रुपमा क्षति पुगेको छ । पहिरोको जोखिममा रहेकाहरुको तथ्याङक सकंलन गर्ने कार्य नगरपालिकाले अहिले गरिरहेको छ ।

प्रभावितहरु छिमेकी र विद्यालयमा आश्रय लिँदै

पालुङमा गएको पहिरोेले विस्थापित बनेका यम बहादुर सिहं ठकुरी अहिले ४ जनाको परिवार सहित जनज्योति प्राथमिक विद्यालयमा आश्रय लिएर बस्नुभएको छ । आँखै अगाडी उहाँको गोठमा रहेका पशुचौपाया पहिरोले बगायो । घरको दाँया र बाँया पट्टी दुवैतर्फबाट पहिरो गयो । तर भाग्यवस उहाँको घर भने केही गरेन् । त्यो रात उहाँ अनिधो नै बस्नुभयो । घरको दुवै तर्फबाट पहिरो बगेपछि आफु अहिले घर छोडेर जनज्योति प्राथमिक विद्यालयमा आएर बसेको उहाँले बताउनुभयो । पहिरोका कारण विस्थापित बनेकाहरुलाई अहिले छिमेकी र विद्यालयमा स्थानान्तरण गरिएको वडा नं २ का वडाध्यक्ष लक्ष्मण खत्रीले बताउनुभयो । गाउँका अधिकाशं घर पहिरोको जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित स्थानमा रहेका विद्यालय र छिमेकी एवम् खालि घरमा राखेर तत्कालका लागि उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । वर्षाले विभिन्न सडकहरु अवरुद्ध भएपछि पहिरो जाँदाको समय उद्धारमा समेत निकै कठिनाई भएको उहाँको भनाई छ ।

नगरपालिकाद्धारा राहत वितरण सुरु

मुसिकोट नगरपालिकाले पहिरोका कारण विस्थापित बनेका र पहिरोको जोखिममा रहेकाहरुलाई प्रारम्भिक चरणको राहत वितरण सुरु गरेको छ । आईतबार नगरप्रमुख, उपप्रमुख सहितको नगरपालिकाको टोलीले वडा नं २ का केही स्थानमा पहिरोको अवलोकन पश्चात राहत वितरण गरेको छ । नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले विस्थापितहरुलाई प्रारम्भिक चरणमा ५ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको बताउनुभयो । विस्थापितहरुको उद्धारका लागि नगरपालिका मार्फत त्रिपाल र अन्य आधारभूत सामाग्रीहरु उपलब्ध गराउने र हिँउद सुरु हुनासाथ उनीहरुलाई बस्ती स्थानान्तरण गरी सुरक्षित स्थानमा सारीने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो । जोखिममा रहेका क्षेत्र र विस्थापित परिवारहरुलाई नगरपालिकाले वडा कार्यालय मार्फत राहत सामाग्रीहरु वितरण गर्ने उहाँले बताउनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D