gulminews logo
मंगलवार, २०८१ बैशाख १८

गुल्मीमा १२ जना कोरोना संक्रमित डिस्चार्ज

अनिल खत्री
१३ असार, गुल्मी । गुल्मीमा १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको इस्मा गाउँपालिकामा १० जना र मालिका गाउँपालिकामा २ जना गरि १२ जनाले कोरोना जितेर डिस्चार्ज भएका हुन् ।

इस्मा गाउँपालिकामा १ जना महिला र ९ जना पुरुष डिस्चार्ज गरिएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले बताइन् । भारतबाट आएर गाउँपालिकाको वडा नम्बर–५ को कुमारी निमाबिमा बनाइएको आसुलेशनमा बसेका थिए ।

संक्रमितहरुको २ पटक पिसिआर जाँचबाट गरिएको कोरोना नेकेटिभ आएपछि डिस्चार्ज भएको उपाध्यक्ष खत्रीले बताइन् । उनिहरु भारतबाट आएर ३५ दिनसम्म आसुलेशनमा बसेर डिस्चार्ज भएका हुन् ।

अध्यावधिक विवरण अनुसार इस्मा गाउँपालिकामा हालसम्म गाउँपालिका भित्र ५७ जना कोरोना संक्रमीत रहेका छन् । त्यस्तै मालिका गाउँपालिकामा २ जना कोरोना संक्रमित पुरुष डिस्चार्ज भएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

कोरोना संक्रमितहरु गाउँपालिकाले बनाएको आइसुलेशनमा १४ दिन बसेर डिस्चार्ज गरिएको गिरीले बताए । संक्रमित भएकाहरुमा कुनैपनि लक्ष्ण बिनाका भएकाले पुनः कोरोना मुक्त भए नभएको भने चेकजाँच नगरि पठाइएको गिरीले बताए ।

मालिका गाउँपालिकामा २१ जना कोरोना संक्रमित छन् । पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या २५७ जना पुगेका छन् ।

संक्रमित कुल ३२ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाबाट १ हजार ४ सय ९६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५७२ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D