गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

अनिल खत्री
१३ असार, गुल्मी । गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा जिल्लाको धुर्कोट गाउँपालिकामा ५ जना, इस्मा गाउँपालिकामा ४ जना र रुरु क्षेत्र गाउँपालिकामा ३ जना गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

कोरोना संक्रमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकामा २९ वर्षका, ३६ वर्षका, ३५ वर्षका र २३ वर्षका पुरुष र १९ वर्षकी महिला रहेकी छन् । त्यस्तै इस्मा गाउँपालिकामा २० वर्षका, ३४ वर्षका, २६ वर्षका पुरुष र २२ वर्षकी महिला रहेका छन् ।

रुरु क्षेत्र गाउँपालिकामा २८ वर्षका, ३५ वर्षका, ५ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी आचार्यले बताए । थपिएका संक्रमित अनुसार जिल्लामा २५७ जना पुगेका छन् । संक्रमित २० जना कोरोना मुक्त भएकर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ४ सय ५६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५५९जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D