गुल्मीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

अनिल खत्री
६ असार, गुल्मी । गुल्मीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिवार प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थपिएका संक्रमित सबै रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकाको वडा नम्बर– ६ का २१ वर्षकी महिला, वडा नम्बर–७ का ३९ वर्षका पुरुष, वडा नम्बर–८ का २१ वर्षका पुरुष, वडा नम्बर–१० का १९ वर्षका, २८ वर्षका, १८ वर्षका पुरुष र १८ वर्षकी महिला रहेका छन् । त्यस्तै वडा नम्बर–१३ मा २१ वर्षका, ३० वर्षका ३६ वर्षका पुरुष वडा नम्बर–१४ मा १८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएकोे नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

संक्रमित सबै भारतबाट आएर क्वारेन्टीनमा बसेका रहेको स्वास्थ्य संयोजक अर्याललले बताए । जिल्लामा पछिल्लो तथ्याङ्क अनुसार १६७ जना कोरोना संक्रमित पुगेका छन् । संक्रमित ६ जना कोरोना मुक्त भएकर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १०२६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ४२८ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला भरतकुमार अधिकारी शर्माले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D