गुल्मीको रुरुक्षेत्र गाउपालिकामा एकजनाले जिते कोरोना

माधब ज्ञवाली
असार ५ गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउपालिका गुल्मीमा एकजना कोरोना भाइरसलाई जितेर घर फिर्ता हुनुभएको छ। वडा न .४ का ३२ बर्षिया ताराप्रसाद श्रेष्ठले कोरोना भाइरसलाई जिति घर फर्किनुभएको हो। उहाँलाई गत जेठ १६ गतेदेखी गाउपालिका भित्रको श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा राखिएको थियो। भारतबाट आउनुभएको उहाँलाई क्वारेन्टाइनमै रहेको बेलामा उच्च ज्वोरो आएपछी जेठ २७ गते लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको लागि लगिएकोमा स्वाव सङ्कलन गरि पठाउदा त्यसको २ दिनपछी पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो। पुनः पिसिआर परिक्षण गर्दा असार ३ गते पिसिआर रिपोर्ट नेगेटिभ आएपछी उहालाई त्यसै दिन होम आइसोलेसनमा रहने गरि घर फिर्ता पठाइएको हो। एकपटक मात्र पिसिआर गरि फिर्ता पठाइएकोमा भने स्थानीयहरुको असन्तुष्टि रहेको छ।

उहासङ्ग सङ्गै भारतबाट आएका १३ जनामध्य रुरुक्षेत्र गाउपालिका वडा न .५ का ३५ बर्षिया एकजना पुरुषमा पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ,१२ जनाको भने रिपोर्ट नेगेटिभ आएको हो। सङ्क्रमण पुष्टि भएका उहाको रिडिमा बनाइएको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले जानकारी दिनुभएको छ।

जिल्लामा मात्रै कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १०५ पुगिसकेको छ भने २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D