गुल्मीमा १ जनाले कोरोना जितेर घर फर्के

अनिल खत्री
४ असार, गुल्मी । गुल्मीमा १ जना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० का २६ वर्षका तिलबहादुर कुवँर कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज गरिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए ।

गत जेठ १६ गते कोरोना संक्रमण पुष्टी भएपछि जिल्ला सदरमुकाम तम्घासमा रहेको आइसुलेसनमा राखेर उपचार गरिएको थियो । संक्रमण पुष्टी भएपछि २ पटक लिइएको स्वाब परिक्षणमा कोरोना नेकेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य संयोजक अर्यालले बताए ।

भारतबाट आएर क्वारेन्टाइनमा रहेका बेला कोरोना संक्रमण पुष्टी भएको थियो । जिल्लामा हालसम्म संक्रमितको संख्या ५९ जना पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ ।

भारत लगायतबाट आएर जिल्लाका बिभिन्न क्वारेन्टाइनमा २६९७ जना रहेका छन् । जिल्लाभर ४१०५ जनाको आरडिटी परिक्षण गरिएको छ । त्यस्तै पिसिआर बिधीबाट ८५१ जनाको स्वाब संकल गरेर कोरोना परिक्षण गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D