गुल्मीमा कोरोना संक्रमितहरुको संख्या ५८ पुग्यो, ८ महिने शिशु सहित नयाँ २६ जना सबै भारतबाट फर्केका

गुल्मी, ३ असार । गुल्मीमा जिल्लामा कोरोना संक्रमितहरूको संख्या ५८ पुगेको छ । बुधवार दिउँसो सम्म आठ महिनाको शिशुसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएपछी संक्रमितहरुको संख्या ५८ पुगेको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रेसुङ्गा नगरपालिकामा ८ महिनाको शिशुसहित १० जना, इश्मा गाउँपालिकामा ९ जना, गुल्मी दरवार गाउँपालिकामा ४ जना, मालिका गाउँपालिकामा २ जना, सत्यवती गाउँपालिकामा १ जना गरि एकै दिन २६ जना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय गु्ल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । संक्रमण पुष्टि भएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।

संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् भने जिल्लामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भइसकेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D