गुल्मी तम्घासमा प्राज्ञिक विद्यार्थी परिषद्को अभ्यास बर्ग

गुल्मी, साउन २३ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजनामा गुल्मी जिल्लाको तम्घासमा अन्तरक्रियात्मक अभ्यास बर्ग सम्पन्न भएको छ ।

तम्घास ईकाई गुल्मी शाखाका अध्यक्ष पुजा मल्ल को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्राज्ञिक विद्यार्थी परिषद्का लुम्बिनी अञ्चल प्रमुख तथा केन्द्रीय सदस्य दिपक ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै ढकालले विद्यार्थी जीवनमा सफलता कसरी पाउने, विद्यार्थी जिवनमा आउने गरेका अफ्ठाराहरुको विषयमा कसरी पार गर्न सकिन्छ लगायत प्राज्ञिक विद्यार्थी परिषद्का आवद्वता किन भन्ने विषयमा प्रष्ट पारेका थिए ।

यस्तै कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव सुरेन्द्र यादव ले प्राज्ञिक विद्यार्थी परिषद्को ईतिहास, वर्तमान अवस्थाको बारेमा प्रष्ट परेका थिए ।

देघुगंगा बस्नेतको स्वागत र बल बहादुर आले मगरको सञ्चालनमा भएको कार्यक्रममा गुल्मीका रेसुङ्गा बहुमुखि क्याम्पस , महेन्द्र उमावि, अर्जुन उमावि बोर्डिङ्ग स्कुल, सिद्धबाबा उच्च मावि का विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ