गुल्मीको सिमलटारी बजारमा आँखा उपचार केन्द्र स्थापना हुने

गुल्मी, असार ०२ । गुल्मीको मालिका गाउँपालिका सिमलटारी बजारमा निकट समयमै आखाँ उपचार केन्द्र स्थापना तथा सञ्चालन गरिने भएको छ । सोमबार मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले मालिका गाउँपालिका–८ सिमलटारी बजारमा निकट समयमै आखाँ उपचार केन्द्र स्थापना तथा सञ्चालन गर्ने निर्णय गरेको हो ।

आखाँ उपचार केन्द्र सञ्चालन तथा स्थापनाका लागि टिका बहादुर जिसिको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समितिको गठन गरिएको छ । उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघ गुल्मीका सभापति शेर बहादुर थापा, उपसभापती अखिलेश्वर प्रसाद पाण्डे, सचिव राजेन्द्र प्रसाद श्रेष्ठ, कोषाध्यक्ष पदम प्रसाद पाण्डे तथा आखाँ उपचार केन्द्र गुल्मीका प्रमुख सुर्य बहादुर बस्नेतको सहभागीता रहेको थियो ।

निकट समयमै त्यस स्थानमा आखाँ उपचार केन्द्र स्थापना तथा सञ्चालन भएसँगै जिल्लाका मालिका, इस्मा, मदाने, धुर्कोट लगायतका सर्वसाधरणहरुले हरुले सेवा पाउने नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र गुल्मीका वीर बहादुर कार्कीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ